चालु वर्षको ९ महिना बित्दा वैतेश्वरमा करिब ८५ प्रतिशत योजना सम्झौता

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकामा करिब ८५ प्रतिशत योजना सम्झौता भएको पाइएको छ । चालु आर्थिक वर्षको चैतको पहिलो सातसम्म गाउँपालिका भित्रका ८५ प्रतिशत योजना सम्झौता भई कार्यान्वयनको पक्षमा रहेको वैतेश्वर गाउँपालिकाको योजना शाखाले जनाएको छ। गाउँपालिकाले चालु वर्ष उपभोक्ता समिति मार्फत एक सय ७२ र  टेन्डरमार्फत १४ वटा योजना गरी एक सय ८६ योजना पालिका भित्रका […]

सम्बन्धित सामग्री

बागलुङ नगरका ९३ प्रतिशत योजना सम्झौता

बागलुङको बागलुङ नगरपालिकामा ९३ प्रतिशत योजना सम्झौता भएका छन्। चालु आर्थिक वर्षको बैशाखसम्म नगरपालिकाभित्रका ९३ प्रतिशत योजना सम्झौता भई कार्यान्वयको पक्षमा रहेका छन्। आर्थिक वर्ष २०७९÷८० मा भौतिक पूर्वाधारतर्फ नगरपालिकामा कुल...

चैतभित्र सबै योजना सक्ने गरी सम्झौता

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले चालू आर्थिक वर्षको चैत महीनाभित्र सक्नेगरी ९९ दशमलव ९ प्रतिशत आयोजना सम्झौता गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि छुट्ट्याइएका तीन सय ३२ योजनामध्ये तीन सय २७ ओटा योजना सम्झौता गरी काम शुरू गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले चैत मसान्तभित्र सबै योजना पूरा गर्ने गरी असोजदेखि नै आयोजना सम्झौता गरेको बताए । उनका अनुसार हालसम्म एक सय पाँच ओटा योजना सम्पन्न भई फरफारक पनि भइसकेका छन् । गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी लगानी सडक निर्माणमा गरेको छ । अहिलेसम्म सडकले नजोडिएका गाउँमा सडक पुर्‍याउनेदेखि शैक्षिक क्षेत्रको सुधारमा जोड दिएको उनको भनाइ छ । ‘यस वर्ष समयमै योजना सम्झौता शुरू गरेकाले समयमै काम शुरू गर्न सक्यौं,’ उनले भने, ‘साना ठूला सबै योजना अहिले निर्माणका चरणमा छन्, केही योजना सम्पन्न भइसकेका छन् ।’ चालू आर्थिक वर्षका लागि बडिगाड गाउँपालिकाले रू. ७७ करोड बजेट विनियोजन गरेको छ । साना तथा पालिकाका गौरवका आयोजना यस वर्ष समेटिएको भण्डारीको भनाइ छ । गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी बजेट पुरानोगाउँ–फोर्सा सडक वडा नम्बर ८ मा रू. ४० लाख र किटेनीदेखि वडा नम्बर ३ जोड्ने सडकमा रू. ४५ लाख विनियोजन गरेको उनले जानकारी दिए । गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाएको बताइन् । यस वर्ष शिक्षा, स्वास्थ्य, खानेपानी र मोटरबाटोलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । रासस