काठमाडौँ। आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट र्याफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ। राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन् जसको दायरा एकै पटक चार्जमा ३ सय २० किलोमिटरसम्म पुग्छ। उचित मूल्य, धेरै राम्रो कि.मि. दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको कम्पनीले जानकारी दिएको छ।
हिरो इलेक्ट्रिक भारतमा समेत सबैभन्दा लोकप्रिय ब्रान्ड बनिसकेको र नेपालमा लक्ष्मी ग्रुपले आयात गरेका कारण पनि नम्बर १ ब्रान्ड बन्नैपर्ने दबाब रहेको लक्ष्मी ई मोबिलिटीका निर्देशक (सेल्स/अपरेसन) कपिल शिवाकोटी बताउँछन् ।