एजेन्सी । अस्ट्रेलियाली रक्षा बलका प्रमुख जनरल एङ्गस क्याम्पबेलले रुस र युक्रेन युद्ध कहिले समाप्त हुने भविष्यवाणी गरेका छन् । एङ्गस क्याम्पबेलले आफ्नो मूल्याङ्कन अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनको इच्छा पूरा नभएसम्म रुस–युक्रेन युद्ध जारी रहने बताएका छन् ।