ब्राजिली फुटबलर विलियम रिबेइरोमाथि हत्या प्रयासको अभियोग लागेको छ । सोमबार सम्पन्न खेलका दौरान रेफ्रीको टाउकोमा उनले पहिले टाउकोले प्रहार गरेका थिए । रेफ्री मैदानमा ढलेपछि फेरि टाउकोमा लात्ती हाने । साओ पाओलोका रेबिइरोले गुआरानी विरुद्धको खेल चलिरहेको ६० मिनेटमा यस्तो खराब हर्कत गरेका हुन् । टाउकोमा लात्ती लाग्नासाथ रेफ्री रोड्रिगो क्रिभेलारो बेहोश भएका थिए, त्यसपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो । त्यस्तै खेल पनि स्थगित भयो । रेफ्री क्रिभेलारो मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्