कांग्रेस संस्थापनइतर समूहको साझा उम्मेदवार तय गर्न बुधवार दिउँसो ३ बजे केन्द्रीय सदस्यहरूले छलफल गर्ने भएका छन् ।
ठमेलको चाक्सीबारीस्थित पूर्व महामन्त्री प्रकाशमान सिंहको घरमा संस्थापन इतरका केन्द्रीय सदस्य र सभापतिको उम्मेदवारका आकांक्षीबीच छलफल हुन लागेको केन्द्रीय सदस्य बद्री पाण्डेले बताए ।
‘उम्मेदवारी तय गर्ने र महाधिवेशनको अरू विषयमा छलफल गर्न संस्थापन इतरका केन्द्रीय सदस्य जुट्ने कार्यक्रम बनेको छ,’ पाण्डेले भने ।
मंगलवार पनि सिंहको घरमा संस्थापनइतर समूहको साझा उम्मेदवार तय गर्न छलफल भएको थियो ।&nb...