काठमाडौं– छठको लागि पर्सा जिल्लाको जिराभवानी गाउँपालिका सेढवा गाउँका व्रतालुहरू छठ घाटमा रात बिताउन घाट पुगी सकेका छन् । आज अस्ताउँदो सुर्यलाई अर्घ दिई कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न […]
काठमाडौं– सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा श्रीलङ्कासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । यससँगै नेपालले प्रतियोगितामा चौथो हार बेहोरेको छ । नेपालले जारी प्रतियोगितामा एउटा खेल मात्रै जितेको छ । पाँच खेलबाट चार अंक जोडेको नेपाल […]
काठमाडौं – नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले सुरुवाती नौ दिनमा साढे ६ करोडमाथिको व्यापार गरेको छ । चलचित्र विकास बोर्डका अनुसार यस फिल्मले असोज ३१ देखि कात्तिक ८ गते शनिबारसम्म गरी नौ प्रदर्शन दिनमा ६ करोड ५१ लाख ४६ हजार ५०१ रुपैयाँ ग्रस कलेक्सन गरेको हो । यो अवधिमा एक लाख ९९ […]
काठमाडौं– पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ । यस प्रणालीको प्रभावले आज कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार गण्डकी, […]