प्रचण्ड र माधव नेपालसँग विप्लव समूहका नेताहरूको भेट

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालले विप्लव समूहका नेताहरूसँग भेट गरेका छन् । आइतबार (आज) भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायत तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले बताएका छन् । […]

सम्बन्धित सामग्री

बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी

काठमाडौँ - प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाका नेताहरुबीच छलफल जारी छ ।  छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका समाजवादी मोर्चाका नेताहरू सहभागी...

प्रचण्ड,माधव नेपाल र विप्लव एउटै मञ्चमा

काठमाडौँः विद्यार्थी एकता दिवसको अवसर पारेर पाच विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्। नेकपा माओवादी निकट अखिल क्रान्तिकारी,नेकपा एस निकट अनेरास्ववियु,राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ,नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले कार्यक्रम आयोजना गर्न लागेका हुन्। जेठ १ गते राष्ट्रिय नाचघरमा हुने विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रममा प्रधानमन्त्री एवम् […]

ओली भेट्न बालकोट जाँदै विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट जाँदैछन् । भूमिगत रहेका विप्लव ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा फर्किएका थिए । यद्यपि, आफूसँग गरिएको तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन नभएको विप्लवको गुनासो रहेको छ ।पछिल्ला केही दिन यता विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी क्रान्तिकारी

प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेटबार्ता

न्युज अफ नेपाल, काठमडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताबीच भेटबार्ता भएको छ । प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार महासचिव विप्लव नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । विप्लवले कोटेश्वरमा प्रचण्डसहित नेता नेपालसँग […]

कोटेश्वरमा प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव राजनीतिक भेटवार्तामा सक्रिय छन् ।  विप्लव नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । नेपालको निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका थिए । प्रचण्डसमेत पुगेपछि तीन नेताहरुबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ । तस्बिर :...

माधव नेपाल, प्रचण्ड र विप्लवबीच नेपाल निवासमा छलफल

काठमाडौं। एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच छलफल भएको छ। छलफलका लागि एमाले वरिष्ठ नेता नेपालको निवासमा प्रचण्ड र विप्लव पुगेका हुन्। यसअघि बुधवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विप्लवबीच भेट भएको थियो। नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल भएको जनाईएको छ।

पार्टीप्रति आकर्षण नदेखिएपछि नाम फेर्ने तयारीमा माओवादी केन्द्र

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी) केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकमा नाम फेर्नेबारे छलफल भएको र अधिकांश नेताहरु सकारात्मक देखिएको एक नेताले बताए । स्थायी समितिमा सहमति भैसकेकाले चैत १ गते बस्ने केन्द्रीय समितिको बैठकमा औपचारिक रुपमै नाम परिवर्तनको प्रस्ताव लैजाने ती नेताले जानकारी दिए । ‘नेपाली कम्युनिस्ट पार्टी, एकीकृत नेपाल कम्युनिस्ट पार्टी वा अरु केही राख्नेबारे छलफल भइरहेको उनले बताए । अदालतले एमाले र माओवादी केन्द्रलाई विभाजनअघिकै अवस्थामा पुर्‍याएपछि पुरानो नाममा नयाँ मानिसहरुको आकर्षण नहुने ठानेर नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव औपचारिक रुपमा केन्द्रीय समितिमा लैजान लागिएको हो । अन्य पार्टीबाट आउनेहरु माओवादी बन्न हिच्किचाउने भएकाले तिनलाई सहज प्रवेश गराउन नाम परिवर्तन गर्न लागिएको माओवादी स्रोत बताउँछ । एमाले, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका दलबाट समेत नेताहरुलाई आउन सहज हुनेगरी नाम परिवर्तन गर्नुपर्ने जोड केही नेताहरूको छ । नाम परिवर्तनपछि केपी ओलीलाई मन नपराउने एमालेभित्रको तप्का पनि आफूतिर आकर्षित हुने नेताहरुको बुझाई छ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र एमाले ब्यँुताइदिएपछि मन नलाग्दा नलाग्दै पनि माधव नेपाल समूह एमालेमै फर्किनुमा पदको सुरक्षासँगै माओवादी केन्द्रको नाम पनि रहेको उनीहरु बताउँछन् । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र अनेकौँ टुटफुटको शृंखलापछि अहिलेको अवस्थामा आइपुगेको हो। २०५२ सालदेखि सशस्त्र जनयुद्ध गरेको सो पार्टी ०६२र०६३ को जनआन्दोलमार्फत शान्ति प्रक्रियामा आएको हो। २०६५ सालमा एकता केन्द्र मसालसँग पार्टी एकतापछि एमाओवादी बन्यो। मातृका यादवले पार्टी छाडेर नेकपा माओवादी बनाए। २०६९ सालमा एमाओवादीमा ठूलो विभाजन भयो। मोहन वैद्य, रामबहादुर थापा, विप्लव लगायत नेताले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे। वैद्यको पार्टीलाई पनि २०७१ मंसिरमा नेत्रविक्रम चन्दले फेरि विभाजन गराए।२०७२ साल असोज ३ गते संविधान जारी भएपछि १० गते डा. बाबुराम भट्टराईले एमाओवादी छोडेका थिए। २०७३ मा रामबहादुर थापा, मणि थापा, मातृका यादव पुनः फर्केर आएपछि नेकपा माओवादी केन्द्र बनाइएको हो । २०७४ असोजमा चुनावी गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले ...

माधव नेपाल नभएको भए प्रचण्ड जोगी भइसक्थेँ भन्ने अवस्थामा पुगेका थिएः विप्लव

काठमाडौँ । शान्तिपूर्ण राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीको आलोचना गरेका छन् । सोमबार अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरुले छोडेको २० महिनामै ‘प्रचण्ड’ धुलोपिठो भएको बताएका हुन् ।

हेर्दै खित्खित् लाग्ने सडक र सरकारका कम्युनिष्ट चटक

सडकका कम्युनिष्ट माधव नेपाल र प्रचण्ड ! सरकारका कम्युनिष्ट केपी ओली ! जंगलका कम्युनिष्ट विप्लव ! वनपाखा, बाटाघाटा र सिंहदरबार कम्युनिष्टले भरिभराउ छ ! देशैभरि जताततै कम्युनिष्ट भएकाले हिजोआज विपक्षीले काम पाएका छैनन् । विपक्षी दलले गर्नुपर्ने काम कम्युनिष्टहरुले पालैपालो गरिरहेका छन् । दिनदिनै थरीथरीका नाटक र नौटङ्की देखाएर नागरिकलाई भरपुर मनोरञ्जन दिइरहेका छन् । केपी ओलीको राज चल्न थालेपछि हरेक बेलुका टीभी हेरेर मुसुक्क हाँस्दै ओछयान पस्ने बानी लागेको थियो, अहिले त हाँसेरै दिन बित्न थालेको छ । त्यसमाथि, प्रचण्डको...