पछिल्लो समय हेपाटाइटिस–सीको संक्रमणबाट पीडित हुनेहरुको संख्या बढ्दै गएको छ । विशेषज्ञहरूले यो संक्रमणले विस्तारै विस्तारै मानिसको मृत्यु गराउने बताएका छन् । यो भाइरसले अन्य थुप्रै रोगहरु निम्त्याउने भएकाले एकदमै खतरनाक मानिन्छ । यसको समयमा नै उपचार गरिएन भने कलेजोको सिरोसिस र क्यान्सरको खतरा बढ्ने चिकित्सकहरु बताउँछन् । यो संक्रमणबाट पीडित बिरामीहरुको अवस्था बिग्रनुको पछाडिको मुख्य कारक तत्व भनेको नै मदिरा सेवन हो । अनुसन्धानमा प्रमाणित भएअनुसार जो व्यक्ति हरेक दिन ८० एमएलभन्दा बढी मद