गलेश्वर, २९ वैशाख । अहिले म्याग्दीमा मकै गोड्ने, मल बोक्ने र धानको बीउ राख्ने समय छ । कृषकहरु खेतबारीमा मल बोक्ने, मकै गोड्ने र धानको बीउ राख्ने काममा व्यस्त छन् । खेतबारीका गह्रा जता हे¥यो, त्यतै गोठे मलले भरिभराउ छन् । कुनै ठाउँमा मकै लगाउने काम सकिएको छ भने कुनै ठाउँमा मकै छर्ने तयारी हुँदैछ […]