काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको औंल्याएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार आफ्नो वार्षिक प्रतिवेदन बुझाएपछि प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको हो।आयोगको ३१ औं वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरी पनि स्थानीय तहमा भएका कारण यसको संख्या बढेको बताए।प्रवक्ता रिसालले भने, ‘स्थानीय तहमा हामीले भ्रष्टाचार बढेको भन्दा पनि उजुरीको हिस