हिउँ हटाएर उडान सुरु

भारी हिमपातको कारण ६ दिनदेखि अवरुद्ध भएको जिल्लाको एकमात्र सवारी साधन हवाई मार्ग बुधबारबाट सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको करिब २ फिट हिउँलाई ३ दिन लगाएर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्लामा कार्यरत कर्मचारीले हिउँ हटाएका थिए । विमानस्थल कालोपत्रे भएको कारण हिलो नहुँदा यो सम्भव भएको हो ।

सम्बन्धित सामग्री

सिमकोट विमानस्थलको हिउँ हटाएपछि हवाई सेवा सुरु

सिमकोट–हुम्लाको सिमकोट विमानस्थलको हिउँ पन्छाइएसँगै नियमित हवाई उडान सुरु भएको छ । हुम्लालाई अरु जिल्लासँग जोड्ने एकमात्र यातायात हवाई सेवा हिमपातका कारण प्रभावित भएको थियो । बुधबारदेखि प्रभावित विमानस्थल हिउँ पन्छाइएसँगै बिहीबारबाट सञ्चालनमा आएको छ । विमानस्थलमा जमेको हिउँ जडीबुटी व्यवसायी हुम्लाको पहलमा विहीबार बिहान पन्छाएर हवाई यातायात सञ्चालनमा आएको जडिबुटी व्यवसायीक संघका अध्यक्ष रामबहादुर […]