१ सय ७० वर्ष पुरानो जगतनारायण मन्दिर खण्डहरमा परिणत, अदालतमा रोकियो पुनःनिर्माणको बाटो
मन्दिरमा रहेको मूल मूर्ति नारायण, लक्ष्मी र श्रीदेवीको मूर्ति भुकम्पले क्षति भई हाल राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको छ । मन्दिर पुनःनिर्माणको क्रममा पुरातत्व विभाग र ठेकेदारबीचको असमझदारीका कारण मन्दिर खण्डहरमा परिणत भएको छ ।
२०७२ वैशाख को भूकम्पबाट क्षतिग्रस्त मठमन्दिरलगायत सम्पदा, सार्वजनिक भवन तथा निजी घरहरूमध्ये धेरैको पुनर्निर्माण भइसकेको छ । केही पुनर्निर्माणको चरणमा छन् । तर ललितपुरको शंखमूलस्थित जगतनारायण मन्दिर भने उस्तै छ । भूकम्पमा समेत जोगिएका मन्दिर परिसरमा रहेका गणेश, कुमार, रातो हनुमानका मूर्ति संरक्षण अभावमा अलपत्र छन् ।