काठमाडौं : एक सातायता कोरोना संक्रमण ग्राफमा बढ्दै छ। करिब दुई महिनायता संक्रमण न्यून भएपश्चात् पुनः संक्रमण ग्राफ बढेको छ।त्यसभन्दा अगाडि दैनिकजसो ७०-८० जनाको हाराहारीमा संक्रमण बढ्दै गएको थियो। अहिले भने दैनिक २ सयभन्दा बढी संक्रमित देखिन थालेका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सातामै २ हजार भन्दा बढी संक्रमण देखिन थालेका छन्।छिमेकी मुलुक भारतमा संक्रमण बढेसँगै नेपालमा संक्रमणदर बढ्न थालेको हो। नेपालमा कोभिडको दोस्रो लहर फैलन थालिसकेकाले चिकित्सकहरूले नियन्त्रण