काठमाण्डाै – अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक अवस्थामा पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । मूल्य वृद्धि पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ । देश भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चितिमा पौने दुई खर्ब रुपैयाँले कमी आएको छ । रेमिट्यान्स लगातार घटिरहेको छ ।
शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब रुपैयाँ घाटामा
आर्थिक वर्षको पहिलो पाँच महिनामा भुक्तानी अवस्था एक खर्ब ९५ अर्ब एक करोड रुपैयाँ घाटामा पुगेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा ए...