धनुषा । प्रदेश नम्बर २ मा आठ जिल्लाका सोह्र कृषक सम्मानित भएका छन् । आइतबार ४० औँ विश्व खाद्य दिवसको उपलक्ष्यमा उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको हो । आठवटै जिल्लाबाट छनौट भएका विभिन्न किसान समूहबाट १६ जना किसानहरुलाई २५ हजार नगद, दोसल्ला , समानपत्र र फुलमला टीका लगएर भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सम्मान गरेका थिए।