लगातारको वर्षाका कारण सप्तकोसी नदीमा जलसतह बढेसँगै कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । बुधबार पानीको बहाव एक लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २१ वटा मात्र ढोका खोलिएको छ ।