काठमाडौं । स्थानीय तह निर्वाचनमा केही दल पहिलो पटक निर्वाचनमा सहभागी भएका थिए । तीमध्ये पनि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल, रेशम चौधरी पत्नी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी र कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालप्रति जनचासो बढी छ ।यसअघि स्वतन्त्र समूह गठन गरेर राजनीतिमा सक्रिय पूर्वमन्त्री त्रिपाठीले २०७४ सालको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्नबाट केही स्थानमा आफ्नो समूहका उम्मेदवार खडा गरेका थिए । जसमा उनीसहित केही