प्यूठान प्रदेश सभा २ का स्वतन्त्र उम्मेदवारको समर्थन रोज राणालाई

१६ कात्तिक, प्यूठान । प्यूठान प्रदेश सभा २ का स्वतन्त्र उम्मेदवार माधव केसीले आफ्नो उम्मेदवारी निस्क्रिय गराएका छन् । वाग गठबन्धनबाट उम्मेदवार बनेका रोज राणा भनिने सरोज थापालाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन् । थापा र केसीले निकालेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘जिल्लाको परिवर्तनका लागि युवाको अपरिहार्यता महसुस गर्दै हामीहरुबीच चुनावी सहकार्यको आवश्यकता […]

सम्बन्धित सामग्री

हुम्लाको प्रदेश सभा सदस्यमा रणसिंह परियार निर्वाचित

९ मंसिर, हुम्ला । हुम्लाबाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई १८५१ मतले पराजित गर्दै परियार विजयी भएका हुन् । यो क्षेत्र माओवादीको भागमा परेपछि शाहीले विद्रोह गरेर बागी दिएका हुन् । माओवादीका परियारले ६४८१ मत ल्याए भने शाही ४६३० मत ल्याए । […]

जुम्ला प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार शाही विजयी

जुम्ला – जुम्ला प्रदेश सभा (१) मा स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति तथा गठबन्धनका साँझा उम्मेदवार ललितजङ शाहीलाई पराजित गरेका हुन् । देवेन्द्रले खसेको २४ हजार। ६ सय ५५ मतमध्ये ९ हजार ६ सय ५४ मत प्राप्त गरेका हुन् । उनका निकटतम नेपाली कांग्रेसका […]

जुम्ला प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही विजयी

जुम्ला – जुम्ला क्षेत्र नम्बर १ काे प्रदेश सभा (क ) मा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी हुनुभएकाे छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार शाही ९ हजार ६ सय ५४ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कर्णालीका सभापति ललितजंग शाहीले ७ हजार ७ सय ५५ मत पाउनुभएकाे छ । उहाँहरूबीच १ हजार ८ सय ९९ काे मतान्तर रहेकाे छ ।  देवेन्द्रबहादुर शाहीकाे परिचय प्रदेश सभामा निर्वाचित ...

रुकुम पूर्व प्रदेश सभा (ख) मा कांग्रेस विजयी

रुकुम पूर्व – रुकुम पूर्व प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका धनबहादुर केसी विजयी हुनुभएको छ । उहाँ २६ सय १८ मतान्तरसहित विजयी हुनुभएको हो  । उहाँले ४ हजार ८ सय ६२ मत पाउनुभएको छ । नेकपा एमालेका भावना बुढाथोकीले २२ सय ४४ मत पाउनुभएको छ । स्वतन्त्र उम्मेदवार केशव रावलले १८ सय ६३ मत प्राप्त गर्नुभयो भने राप्रपाका केशवचन्द्र समाल ८४० मत पाउनुभएको छ ।

मनाङको प्रदेश सभा – क मा कांग्रेसका गुरुङ विजयी

काठमाण्डाै – मनाङको प्रदेश सभा क्षेत्र नम्बर क मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको छ । नेकपा एमालेका राजनबहादुर गुरुङलाई पराजित गर्दै कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको हो । एमालेका उम्मेदवार गुरुङले ९२५ मत प्राप्त गर्नुभएको छ । मनाङ ख मा स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे भनिने राजिव गुरुङको मात्रै उम्मेदवारी परेको थियो ।

को-को ले दिए स्वतन्त्र उम्मेदवारी

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले टिकट नदिएपछि केही नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । टिकट नपाएपछि एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यस्तै एमालेबाटै टिकट नपाएका अर्का नेता रामवीर मानन्धरले काठमाण्डौ क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेका अर्का नेता प्रभु साहले रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । एमालेकै निवर्तमान सांसद गंगा चौधरीले दाङ निर्वाचन क्षेत्र नम्बर १ ब...

प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारका लागि कति लाग्छ धरौटी ?

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा लागि आइतबार प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ । राजनीतिक दलका तर्फबाट वा स्वतन्त्र उम्मेदवारी दिनका लागि आयोगले धरौटी रकम तोकेको छ । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन १० हजार रुपैयाँ धरौटी तोकिएको छ भने प्रदेश सभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी तोकिएको छ । तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने निर्वाचन आयोगले  जनाएको छ

प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारका लागि कति लाग्छ धरौटी ?

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा लागि यही असोज २३ गते प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ । राजनीतिक दलका तर्फबाट वा स्वतन्त्र उम्मेदवारी दिनका लागि आयोगले धरौटी रकम तोकेको छ । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन १० हजार रुपैयाँ धरौटी तोकिएको छ भने प्रदेश सभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी तोकिएको छ । तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने निर्वाचन आयोगले

‘स्वतन्त्र नेतृत्ववाद’ को विमोचन

लामो समयदेखि सामाजिक अभियानमा सक्रिय युवा एचबी खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ नामक पुस्तक सार्वजनिक गरेका छन् ।  पछिल्लो संघीय संसद् र प्रदेश सभा निर्वाचनको मिति घोषणा सँग स्वतन्त्र उम्मेदवार घोषणाको क्रम चलिरहेको बेला युवा लेखक खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तक सार्वजनिक गरेका हुन् ।  मंगलबार राजधानीको मिनभवनस्थित थाहा लाइब्रेरीको हलमा कार्यक्रमका बीच प्राध्यापक डा. उत्तम खनाल, प्रा.डा.गोपी लाल न्यौपाने र अभियन्ता विनोद डाँगीले पुस्तकको विमोचन गरेका थिए ।

रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने

१ भदौ, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ । अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी भए पनि प्रदेश सभा चुनावमा भने सहभागी नहुने जानकारी गराएका हुन । निर्वाचन आयोगले ४ मंसिरमा एकै पटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव […]