जिल्ला सरकारी वकिलको कार्यालयमा रविको बयान सुरू

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरण : ५८ जनाविरुद्ध मुद्दा

स्कुटरको ब्रेक सु र अन्य विद्युतीय सामग्रीभित्र लुकाएर नेपाल ल्याइएको झन्डै तीन हजार दुई सय केजी सुन तस्करीका आरोपितविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले ५८ जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका मध्ये ३५ जना नेपाली, १५ चिनियाँ र आठ भारतीय नागरिक रहेका छन् । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेक सुभित्र लुकाएर ल्याइएको अवस्थामा बरामद भएको तस्करीको ६० केजी सुनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको थियो ।

बालकृष्ण खाँणको बयान जारी

काठमाडौँ। पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा जारी छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका खाणलाई आज बिहान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको हो। त्यसपछि बयान सुरु भएको हो।

१० जनाविरुद्ध मुद्दा दायर, मेयरसहितका ३ जनालाई अदालत नै लगिएन

२१ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाहीको हत्या आरोपमा १० जनामाथि मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय अछामले पक्राउ परेका ४ जना र फरार रहेका ६ जना गरी १० जनामाथि मुद्दा चलाएको हो । मुद्दा दायर गर्न भन्दै प्रहरीले पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र […]

ललिता निवास जग्गा प्रकरणकाे अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

काठमाण्डाै – ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अध्ययन गरेको बालुवाटारमा रहेकाे ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन आज बिहीवार जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डाैलाई बुझाएको हो ।  ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्युरोले तीन सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डाैका सहन्यायाधिवक्ता गंगाप्रस...

कानुनी व्यवस्थाबारे जानकारी दिने ‘समुदायमा सरकारी वकिल’ कार्यक्रम सम्पन्न

बासुदेव शर्मा, जाजरकोट ।  जाजरकोट कानुनी ब्यवस्थाका बारेमा जानकारी दिन समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिका ११ जगतिपुरमा जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको आयोजनामा बिहिवार शिव शंकर माध्यामिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । कानुनी पक्षका विषयमा सक्षम र सवल नागरिक निर्माण गर्न जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालिका […]