पाँच महिनाअघि फुङलिङ नगरपालिका १० फुरुम्बुकी एक युवतीलाई भिरबाट धकेली हत्या गरेको कसुरमा पक्राउ परेका राम कार्कीलाई ३६ वर्ष कैद सजाय भएको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको इजलासले आइतबार गरेको फैसलाअनुसार हत्या कसुरमा जन्मकैद र बलात्कार कसुरमा ११ वर्ष कैद सजाय गरेको इजलास सहायक निमा छिरिङ शेर्पाले जानकारी दिए ।