महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिकाकी एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्। ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो।अभियुक्त अन्सारीले महिलालाई बलात्कारपछि पेचकसले घाँटी, छाती र पेटमा घोचेर हत्या गरी बाँसघारीमा शव फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले पत्रकार सम्मेलनमा जानकारी दिए।घटनास्थलमा मृतकको