अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अस्ट्रेलिया र बेलायतसँग मिलेर अकस साझेदारी बनाएपछि विश्व नै तरंगित छ ।
त्यसलाई काउन्टर दिनका लागि रुसले चीनलाई अत्याधुनिक आणविक पनडुब्बी उपलब्ध गराउन सक्ने डर विशेषज्ञहरूले लिएका छन् । रुसले त्यसो गरेमा हिन्द महासागरमा भारतको समस्या बढ्न सक्ने भारतीय विश्लेषकहरू बताउँछन् ।
अकस गठबन्धनका विषयमा रुसले चिसो प्रतिक्रिया दिएको छ । अस्ट्रेलियालाई आणविक ऊर्जायुक्त पनडुब्बी उपलब्ध गराउँदा आणविक अप्रसारको उल्लंघन भएको र आणविक हतियारको दौड शुरू हुने डर बढेको भनी ची...