अमेरिका, बेलायत र अस्ट्रेलियाबीच अस्ट्रेलियालाई आणविक ऊर्जायुक्त पनडुब्बी उपलब्ध गराउने सम्झौता गैरजिम्मेवार काम भएको र यसले देशलाई विभिन्न मोर्चामा जोखिम तेर्स्याएको अस्ट्रेलियाका ट्रेड युनियनहरूले जनाएका छन् ।
गत साता घोषणा गरिएको त्रिपक्षीय सम्झौताले अस्ट्रेलियालाई आणविक ऊर्जायुक्त तर परम्परागत हतियारसहितको पनडुब्बी उपलब्ध गराउन लागेको हो । यस सम्झौतालाई विश्वव्यापी निन्दा गरिएको छ ।
सम्झौताका कारण फ्रान्सले ६६ अर्ब डलर बराबरको डिजेलबाट चल्ने पनडुब्बी अस्ट्रेलियालाई बेच्न पाएन । त्यसैले यो कदम आफ्नो पिठ्युँमा छुरा ...