एकै पटक हप्ता दिनकाे हाजिर गर्ने डाक्टरलाई कारबाही गर्न मन्त्रालयमा सिफारिस

बाँके – भेरी अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागले एक हप्तापछिकाे हाजिर गरेको पाइएको छ । अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार नागले असार २० गते प्रशासन शाखा पुगेर एकै पटक असार २९ गतेसम्मको हाजिर गर्नुभएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार डा. नागले यसअघि पनि समयमा कार्यालय नआउने, लापर्बाही गर्ने गरेको पाइएपछि सुधारका लागि बारम्बार अनुरोध गरिएको थियो । समितिको अनुरोधलाई बेवास्ता गरेपछि गएकाे वर्ष साउन २२ गते आवश्यक कारबाहीका लागि स्वा...

सम्बन्धित सामग्री

३ असईसहित २४ जना प्रहरी एक महिनादेखि सम्पर्कविहीन

काठमाडौं । १ महिनाभन्दा बढी समयदेखि गैर हाजिर रहेका दुई दर्जन प्रहरीलाई हप्ता दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । ३ जना प्रहरी सहायक निरीक्षक (असई), ३ जना प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआए […]

नयाँ एसपी हाजिर भएको हप्ता दिन नबित्दै अदालतबाटै भागे कैदिबन्दी

दाङ । प्रहरीले म्याद थप्नका लागि लगिएका एक जना बन्दी दाङ जिल्ला अदालतबाट फरार भएका छन् । सुन चोरी आरोपमा बुधबार घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर बजार क्षेत्रबाट पक्राउ परेका घोराही– १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार बेलुका जिल्ला अदालतबाट फरार भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए । म्याद थपका लागि […]

पूर्व प्रधानमन्त्री खानलाई पक्राउ नगर्न पाकिस्तानी अदालतको आदेश

पाकिस्तानको प्रति आतङ्कवाद अदालत (एटीसी) ले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका प्रमुख इमरान खानलाई पक्राउ नगर्न आदेश दिएको छ । खानविरुद्ध गएको हप्ता महिला न्यायाधीशविरुद्ध विवादास्पद टिप्पणी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो । इजलासले खानलाई एक लाख धरौटीमा जमानत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खान आउँदो सेप्टेम्बर १ मा अदालतमा हाजिर हुनुपर्नेछ । खान अदालतमा उपस्थित हुँदा समर्थकहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

विराटनगरमा एक रात बस्ने राष्ट्रपतिको चाहना, सुरक्षा प्रोटोकलमा समस्या

राष्ट्रपति कार्यालयबाट विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई शीतलनिवासबाट एक्कासी फोन आयो र काठमाडौं बोलाइयो । अप्रत्याशित फोनले पराजुलीलाई झस्कायो । चुनावको मुखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट के भन्नलाई बोलाइएको हो भन्ने विषयमा उनलाई खुल्दुली भइरह्यो । दुई हप्ता अगाडि निम्तो मान्न मेयर पराजुली राष्ट्रपति कार्यालयमा हाजिर भए । उनी शीतलनिवासमा पराजुली पुग्दा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल पनि त्यहीँ भेटिए । यसले झनै पराजुलीलाई झस्कायो । एमाले अध्यक्षलाई समेत राखेर राष्ट्रपतिब

हजार राहतको लोभमा करोडौंको मुद्दा

दोलखा-तामाकोसी गाउँपालिका वडा नं. १ साविक भीरकोट गाविस माझी गाउँका लछुमन माझीका नाममा उच्च अदालत पाटनबाट एक हप्ता अघि अदालतको आदेश बमोजिम हाजिर हुन तामेली आयो । घरमा एक्कासी अदालतबाट तामेली आउँदा लछुमन मात्र होइन, वरपरका छिमेकी नै छक्क परे । स्थायी लेखा नं. समेत थाहा नपाएका माझीको नाममा लेखा नं. सहित उल्लेख गरी राजस्व […]