कारागार कार्यालय काभ्रेमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी

असी जना कैदीबन्दीको क्षमता रहेको धुलिखेलमा रहेको कारागार कार्यालय काभ्रेमा हाल क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । कारागार कार्यालय काभ्रेमा अहिले दुई सय ३९ जना कैदीबन्दीहरुलाई राखिएको छ । कारागारमा सोमबारसम्म कर्तव्य ज्यानमा थुनुवा दश, कैदी ३८ गरि कूल ४८ जना, डाँकामा १२ थुनुवा, पाँच कैदी गरि कूल १७ जना, जर्वजस्ती करणीमा ३४ थुनुवा, ५० कैदी गरि ८४, ज्यान मार्ने उद्योगमा तीन थुनुवा, लागु औषधमा दुई थुनुवा, १२ कैदी गरी १४ जना रहेका छन् । यस्तै चोरी मुद्धाका चार थुनुवा, ७ कैदी गरि ११ जना, सवारी ज्यान-अङ्गभङ्गमा १४ थुनुवा, दुई कैदी गरी १६ जना, केहि सार्वजनिक अपराधमा चार थुनुवा, मानव अपहरण तथा शरीर बन्धक तीन थुनुवा, दुई कैदी गरी कुल पाँच जना, सरकारी छाप किर्ते÷वैदेशिक ठगीमा पाँच जना थुनुवा, एक कैदी गरी कुल छ जना, मानव बेचबिखन- जीउ मास्ने बेच्नेमा कैदी चार जना, बहुविवाहमा तीन थुनुवा, एक कैदी गरी चार जना, हातहतियार तथा खरखजनामा एक थुनुवा रहेको जेलर गायत्री अधिकारीले जानकारी दिनुभयो । त्यस्तै लेनदेन बिगोमा तीन कैदी, अप्राकृतिक बाल यौन दुराचारमा दुई थुनुवा, तीन कैदी गरी पाँच जना, बैङकिङ कसुर ऐनमा सात कैदी, जर्वजस्ती करणी उद्योगमा दुई थुनुवा, छ कैदी गरी कुल आठ जना रहेका छन् । कुल थुनुवा र कैदीमध्ये १९ जना मानसिक रोगी रहेको जेलर अधिकारीले बताउनुभयो । उहाँका अनुसार कारागारमा थुनुवा ९८ जना र कैदी १ सय ४१ जना गरी कुल दुई सय ३९ जना रहेका छन् ।

सम्बन्धित सामग्री

रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

रौतहटको कारागार कार्यालय गौरमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ। जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन्।...

कारागारमा कैदीबन्दीको चाप बढेसँगै कैदी स्थानान्तरण

चितवन– कारागार कार्यालय चितवनका कैदीबन्दीको चाप बढेसँगै कारागार प्रशासनले १५ महिला कैदीबन्दीलाई स्थानान्तरण गरेको छ । उनीहरूलाई मकवानपुरको भीमफेदी कारागार पठाइएको हो। कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २५ कैदीबन्दीको क्षमता रहेको महिला कैदीबन्दी गृहमा ६८ जना पुगेपछि उनीहरूलाई स्थानान्तरण गरिएको हो । योसँगै अहिले यहाँको महिला कैदीबन्दी गृहमा ५२ जना रहेका छन् । उनीहरूसँग चारजना […]

चितवन कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी, त्रिपालमुनि बास

२७ असोज, चितवन । चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या पर्दै आएको छ । कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीले त्रिपालको साहारा लिनुपरेको छ । अहिले दैनिक १२ कैदीबन्दी रातको समयमा त्रिपालको साहरामा बिताउन बाध्य छन् । दुई सय ८० जनाको क्षमता रहेको यस कारागारमा अहिले सात […]

चितवनमा त्रिपालमुनि कैदीबन्दी

चितवन – क्षमताभन्दा बढी कैदीबन्दी हुँदा चितवनमा व्यवस्थापनमा समस्या पर्दै आएको छ। कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीले त्रिपालको साहरा लिनुपरेको छ। अहिले दैनिक १२ कैदीबन्दी रातको समयमा त्रिपालको साहरामा बिताउन बाध्य छन्। दुई सय ८० जनाको क्षमता रहेको यस कारागारमा अहिले सात सय ७८ कैदीबन्दी छन्। क्षमताभन्दा […]

चितवनमा त्रिपालमुनि कैदीबन्दी

चितवन - चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएकाे छ । कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीले त्रिपालको सहारा लिनुपरेको छ । अहिले दैनिक १२ कैदीबन्दी रातको समयमा त्रिपालको सहारामा बिताउन बाध्य छन् । २ सय ८० जनाको क्षमता रहेको यस कारागारमा अहिले ७ सय ७८  कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएका कारण उनीहरुको व्यवस्थापनमा समस्या देखिएको हो । कार्यालय प्रमुख कमलप्रसाद आचार्यले अहिले रातको समयमा कैदीबन्दी व्यवस्थाप...

चितवनमा कैदीको चाप : ४० वर्ष कटेकाको संख्या धेरै

चितवन : कारागार कार्यालय चितवनमा हाल ७ सय ४१ कैदीबन्दी छन्। तीमध्ये जबरजस्ती करणीका कैदीबन्दी सबैभन्दा बढी रहेको जनाइएको छ। कारागारमा जबरजस्ती करणीका २ सय ८ जना कैदीबन्दी रहेका छन्। अन्य कैदी १ सय ४८ जना र बन्दी ६० जना रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।उनीहरूमध्ये एक महिला बन्दी छन्। कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जबर्जस्ती करणीमा रहेका कैदीबन्दी अधिकांश ४० वर्ष माथिका छन्। यस कारागारमा दोस्रो ठूलो संख्यामा लागुऔषधसम्बन्धी कसुरका कैदीबन्दी छन्।लागुुऔषधसम्बन्धी कसुरका १ स

जिल्ला कारागार कार्यालय रामेछापमा कैदीबन्दी भेट्न प्रतिबन्ध

रामेछाप - कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालय रामेछापले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ । कोरोना भाइरस सङ्क्रमण हुनेहरुकाे सङ्ख्या बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्दामा कैद भुक्तान गर्दै आएका कैदीबन्दीहरुका आफन्त र अन्य व्यक्तिहरुलाई तत्काल भेटघाट गर्न प्रतिबन्ध लगाइएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिनुभयाे ।  उहाँले भन्नुभयाे -'कोरोना महामारी बढेसँगै कारागार व्यवस्थापन विभागले परिपत्र गरेर कोरोना अवधिभर थुनुवा कैदी बन्...

निषेधाज्ञामा ७८ कैदीबन्दी थपिए

चितवन। कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ जना कैदीबन्दी थपिएका छन्। कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन्। लागूऔषधका २३, जबर्जस्तीकरणीका १४, सवारी ज्यान मुद्दाका १२ र चोरी मुद्दाका सात,खोटा चलानका चार, काठ तस्करका तीन, ज्यान मार्ने उद्योगका २ जना छन्।

चितवन : निषेधाज्ञामा ७८ कैदीबन्दी थपिए

कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् । कोरोना कहरका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि गरेको निषेधाज्ञाका समयमा सो सङ्ख्यामा कैदीबन्दी थपिएको उनले जानकारी दिए। उनका अनुसार थपिनेमा चितवनका मध्ये लागूऔषधका २३, जबर्जस्तीकरणीका १४, सवारी ज्यान मुद्दाका १२ र चोरी मुद्दाका सात जना रहेका छन् । यस्तै खोटा