नेपालगञ्ज- बाँकेको डुडुवा गाउँपालिका- ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा घाइते भएका ११ जना मध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए। उनका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। […]