नाग पञ्चमीको महिमा र यसको सांस्कृतिक पक्ष

नागको अर्थ प्राण हो। प्राणको पूजा नाग पूजा हो। प्राण भएको कारणले नै जीव, जन्तु, पंक्षी र किरालाई प्राणी भनिएको हो। त्यसैले सम्पूर्ण प्राणीमा प्राणको निवास छ। यसैले डरलाग्दो, डस्न सक्ने वा विषालु भएर पनि सर्पको पूजा गर्नुको अर्थ प्राणको पूजा गरिएको हो। अरु प्राणीको पूजा गर्न त्यति कठिन छैन। तर, सर्पको पूजा गर्न मानिसले […]

सम्बन्धित सामग्री

रामजानकी विवाहको मङ्गल धुनले गुञ्जँदो मिथिला

मिथिला धार्मिक, सांस्कृतिक चाडपर्व धेरै मनाइने ठाउँमा पर्छ । मिथिलाको नाता सीताको नामसँग जोडिएकाले पनि प्रत्येक पर्व यहाँ विशेषरुपमा मनाइन्छ । सोही क्रममा यतिबेला मिथिला रामजानकी विवाह महोत्सवमा झमेको छ । सांस्कृतिक तथा पारम्परिक पर्वले सिङ्गो मिथिला मङ्गलधुनबीच गाइने विवाह विधिका गीतले गुञ्जायमान बनेको छ । मिथिला क्षेत्रमा जता पुग्यो श्रीराम र जानकीको महिमा गाइएका …

अष्टिम्की : प्रकृति र मानव जीवनको महिमा

अष्टिम्की अरु चाडपर्व जस्तै विकृत बन्दै गएको छ। धेरैले आधुनिकताको नाममा फजुल खर्च गर्ने, सम्मानको नाममा महँगा रक्सी, रंगहरूको प्रयोग, मौलिक परिकारभन्दा बाह्य परिकारको अत्यधिक रूपमा प्रयोग गरिएको हुन्छ।

श्रावणमा शिवको महिमा

श्रावण महिना लागेसँगै अहिले बजारमा हरियो चुरा, पोते, पहेँलो वस्त्र र मेहेन्दीको रौनक देखिन थालेको छ । यो महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले पनि विशेष रूपमा लिइन्छ । सनातन वैदिक धर्ममा श्रावणलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्नाले धेरै गुणा बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।शिव‘शिव’ संस्कृत भाषा शब्दबाट आएको शब्द हो । यसको अर्थ कल्याणकारी वा शुभकारी हुन्छ । ‘शि’ को अर्थ पापको नाश गर्ने र ‘व

आराध्यदेव पशुपतिनाथ र महाशिवरात्रि

अठार पुराण सबैमा शिवको महिमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो। हिमवत्खण्डको पुस्तकमा– ‘मरिचि, पुलह, ऋतु, भृगु, अत्री आदि ऋषिले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ। नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँ–कुण्ड, बाराहक्षेत्र, जनकपुरधाम, ल...

वसन्त श्रवणको महिमा

हनुमानढोका दरबार परिसरमा सम्पन्न गरिने विभिन्न सांस्कृतिक समारोहमध्ये वसन्त श्रवण पनि एक हो । यो श्रीपञ्चमीका दिन बिहान हनुमानढोका दरबारको नासल चोकमा सम्पन्न गरिन्छ । समारोहमा सरिक हुन राष्ट्राध्यक्षका रूपमा राष्ट्रपतिको उपस्थिति हुन्छ । नेपालमा गणतन्त्र स्थापना हुनुअघि गद्दीनसीन राजाको विशेष उपस्थिति हुन्थ्यो ।

सम्पदास्थलको बहुआयामिक महिमा

हामीले यस्ता सबै सम्पदास्थलको महिमा थप बढाई पर्यटकलाई आकर्षित गर्न सक्ने हो भने देशको चौतर्फी विकासमा निश्चय नै टेवा पुग्छ । हाम्रो देश विश्वमा नै विशेष हुनुको एउटा मुख्य कारण भनेको मठमन्दिर तथा दर्जनौं सम्पदास्थल भएकाले पनि हो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्वका हजारौं स्थलले नेपालको पहिचान रहेको यथार्थलाई सबैले मनन गर्नुपर्छ । […]

सांस्कृतिक पर्व ल्होसार

नेपालको सन्दर्भमा ल्होसार (तमू ल्होछार) मान्ने परम्परा अलगअलग भएको हुँदा ल्होसार पर्व पनि अलगअलग मितिमै मनाइने गरिन्छ । त्यसले गर्दा ल्हो फेर्ने मितिमा पनि एकरूपता देखिँदैन । हाम्रो मुलुक विश्वमा संस्कृतिको अथाह भण्डार रहेको छ । राष्ट्रको संस्कृतिको भण्डारलाई पूर्णता दिने स्रोत ल्होसारजस्ता प्रभावशाली पर्वले सांस्कृतिक महिमा निर्वाह गरिरहेको देखिन्छ । ल्होसार वा ल्होछार, वर्ष, साल वा सम्वत् फेरिनु अर्थात् ल्हो भनेको वर्ष तथा छार भनेको नयाँ अर्थात् नयाँ वर्षको पहिलो दिन हो । नेपालका गुरुङ, तामाङ, शेर्पा तथा डोल्पाली, ह्योल्मो, लोमी, लामा भोटे आदिले महोत्सवसाथ मनाउने अत्यन्त प्रिय पर्व हो यो ।

सामाजिक–सांस्कृतिक महत्त्वको विशिष्ट पर्व

झिलीमिली बत्ती, बारीमा ढकमक्क फूलेका फूल, सप्तरंगी टीका, सफा र चिटिक्क घरआँगन, लिंगे पिङको चचहुई, कामविशेषले बाहिर रहेकाहरू घर फर्किएपछिको भेटघाट, एउटा बिछट्टको उत्सवमय माहोल... । यो परिदृश्यबाट सबैले सम्झने पर्व हो तिहार । वर्षमा हरेक दिनजसो कुनै न कुनै पर्व पर्ने नेपाली समुदायमा तिहार आफ्नै विशिष्टता र गरिमा बोकेको चाड हो । हिन्दू धर्मावलम्बीले धूमधामसँग मनाउने गरे तापनि सामाजिक सांस्कृतिक रूपमा तिहारले सबै जाति, समुदाय र धर्मावलम्बीलाई जोडेको छ । आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामना आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्ने यो पर्वले सबैलाई अपनत्व महसूस गराएको पाइन्छ । दीप (बत्ती)हरूको पर्व भएकाले तिहारलाई दीपावली पनि भनिन्छ । भारतमा यस पर्वलाई दिवालीको रूपमा भव्यसँग मनाइन्छ । यसबाहेक भुटान, म्यान्मा, थाइल्याण्डका साथै नेपाली समुदायको बसोवास रहेको सबैजसो मुलुकमा उत्तिकै महत्त्वको साथ मनाइन्छ । देशअनुसार यसलाई मनाउने तरिकामा भिन्नता पाइन्छ । नेपालमै पनि समुदाय विशेषले यो पर्वलाई आफ्नै रीतिरिवाज र चलनअनुसार मनाउँछन् । धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक, व्यावसायिक लगायत कुनै न कुनै दृष्टिकोणबाट सबै जाति, भौगोलिक परिवेश र समुदायलाई जोड्ने भएकाले तिहारलाई नेपालको राष्ट्रिय पर्व मान्न सकिन्छ । तिहार रङ र फूलहरूको पर्व पनि हो । सयपत्री, मखमली, गोदावरी लगायत फूल तथा रङहरूले मानिसको मनमा खुसीयाली र उमंगको सञ्चार गराउँछ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्ने, सेलरोटी, अनरसा आदि पक्वान्नसहित विभिन्न फलफूल तथा मिष्ठान्न खाने, दिदीबहिनीका हातबाट सप्तरंगी टीका लगाउने लगायत गतिविधि तिहारका पारम्परिक विशेषता हुन् । धन्वन्तरि जयन्ती, धनतेरसको रौनक तिहारको पहिलो दिन (कागतिहार) वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा धन्वन्तरि जयन्ती मनाइन्छ । वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । यसैगरी धनतेरस विशेषगरी मधेशी एवं मारवाडी समुदायमा बढी प्रचलित छ । यस दिन नेपालको विशेषगरी तराई र भारतमा नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका मानिस आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही दिनको प्रतीक्षा गर्छन् । पछिल्ला वर्षहरूमा यो चलन नेपाल शहरी तथा बजार क्षेत्रमा समेत बढ्दै गएको पाइन्छ । जनावरदेखि म्हः पूजा र भाइटीकाको महत्व तिहारका पाँच दिनमा क्रमशः काग, कुकुर, गाई तथा लक्ष्मी, गोवद्र्धन (नेवारी समुदायमा म्हः पूजा) र भाइपूजा गरिन्छ, जसको आफ्नै महत्त्व र महिमा छ । जनावरदेखि मानवसम्मको पूजा हुनु तिहारको अद्वितीय पक्ष हो । यस पर्वले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि ज्वलन्त बनाउँछ । तिहारमा काग, कुकुर, गाई, गोरुको पूजा गर्नुले यिनीहरूको काम र गुणको कदर तथा सम्मान व्यक्त गर्दछ । तिहार धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्ने पर्व समेत हो । लक्ष्मीलाई धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीकको रूपमा पूज्ने गरिन्छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरेपछि भैलो र तिहारको चौथो दिन गोवर्द्धन पूजापछि द्यौसी खेल्न शुरू गरिन्छ । यसै दिन नेवारी समुदायमा म्हः पूजा गरिन्छ । म्हः पूजा यो समुदायको मौलिक पर्व हो । म्हःको शाब्दिक अर्थ देह अर्थात् शरीर हो । यसर्थ म्हः पूजा आफ्नै देहको पूजा हो । आफूले आफूलाई चिन्ने, म नै सर्वश्रेष्ठ हो भनेर स्वीकार्ने पर्व हो म्हः पूजा । त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गरिन्छ । म्हः पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा पनि हो । शरीरमा शान्ति नभई सर्वत्र शान्ति नहुने विश्वास अनुरूप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ । सोही मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैले आफैलाई खुवाइने प्रचलन छ । म्हः पूजाकै दिनदेखि नेपाल संवत्को नयाँ वर्ष पनि शुरू हुन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । तिहारको अन्तिम दिन भाइटीकाको पनि विशेष महत्त्व रहिआएको छ । यस दिनले दिदीबहिनी र दाजुभाइबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिविम्बित गर्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्ने विधि, आवश्यक पर्ने सरसामग्री र प्रयोग गरिने रङले यसलाई विशेष बनाएको हो । तेल र पानीले छेक्नुपर्ने, बिमिरो लगायत अमिला जातको फलफूल आवश्यक पर्ने, ओखर फुटाइने, एकैपटक सातथरी रङ लगाउने, मखमली माला लगाइने, मसाला, रोटी लगायत मीठा खानेकुरा खाइने आदिजस्ता चलनले पनि भाइटीकालाई जीवन्त बनाएको छ । भाइटीका अर्थात् कात्तिक शुल्क द्वितीयकाको दिन चित्रगुप्त दिवस समेत मनाइन्छ । ब्रह्माको अंशबाट उत्पन्न भएको मानिने चित्रगुप्त यमराजका सहयोगीको रूपमा रहेको पौराणिक कथन पाइन्छ ।

माघे संक्रान्तिको धार्मिक र सांस्कृतिक महिमा

सबैले आ–आफ्नो गच्छेअनुसार यस पर्वलाई सौहार्दपूर्ण वातावरणमा मनाउँदै यसको महिमालाई जीवन्त राख्नु साझा दायित्वसमेत हो । यस पर्वभित्र कर्मदर्शन संस्कृति र हाम्रो जीवन पद्धतिको समन्वयका साथै सामाजिक मर्यादामा आधारित लौकिक जीवनको सुन्दर पक्षलाई उजागार गरिएको पाइन्छ । नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजाति र बहुसांस्कृतिक विविधताले युक्त राष्ट्र हो, त्यसैले यहाँका विभिन्न चाडपर्व तथा संस्कृतिको महिमा विश्वमा […]

https://nagariknews.nagariknetwork.com/arts/214473-1589943840.html

पुस्तकमा खयर भारानीको महिमा, पूजाविधिका साथै भौगोलिक, ऐतिहासिक र सांस्कृतिक पक्षको जानकारी दिइएको छ । यसरी पुस्तक भारानी क्षेत्र घुमफिर गर्नेहरूका लागि ‘गाइड बुक’ बनेको छ ।