केही वर्षअघिसम्म असोज–कात्तिक र चैत–वैशाखको याममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको होटल व्यवसायी जुली ठकुुरी पुनलाई खाना खाजा खाने फुर्सद हुने थिएन् । पर्यटकको ‘पिक सिजन’ असोज–कात्तिकको याममा पछिल्लो पाँच वर्षयता उहाँलाई पहिलेको जस्तो भ्यानभ्याइ छैन् । घोडेपानीकै होटल व्यवसायी सपना गुरुङ पनि जुली जस्तै फुर्सदिलो हुनुहुन्छ । कोरोना भाइरसको महामारी फैलिएपछि सुस्ताएको घोडेपानीको …