निर्माण सुरु भएको झन्डै ४ वर्षपछि मुसीकोट नगरपालिका–३ धैरेनीचौरमा ३३/११ केभी र ३ एमभीएको विद्युत् सबस्टेसन निर्माण भएको छ । रुकुम पश्चिम र रुकुम पूर्वको विद्युत् समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले झन्डै ८ करोड रुपैयाँको लगानीमा सबस्टेसन तयार गरेको हो ।