इक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङ्गलाई स्तरबृद्धि गर्दै "[ICRANP-IR] A” रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिने जनाइएको छ । विगतका वर्षहरुमा विभिन्न संस्थाहरुसँग भएको मर्जर तथा प्राप्तिको सकारात्मक प्रभाव, सो पश्चात बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा संजाललगायतको कारण बैंकको रेटिङमा सुधार भएको बताइएको छ । कोभिड १९ को असरको कारणले देशको समग्र आर्थिक अवस्थाम