काठमाण्डाै – चौथो संस्करणको पाँचपोखरी 'विन्टर ट्रेल हाफ म्याराथन' को उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार दुई सय मिटर उचाइको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारित २१ किलाेमिटर दुरी एक घण्टा ५५ मिनेट ५२ सेकेन्डमा पूरा गर्दै पहिलो भए । दोस्राे र तेस्राे स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमशः दुई घण्टा २९ सेकेन्ड र दुई घण्टा एक मिनेट ४० सेकेन्डमा दौड पूरा गरे । चौथो र पाँचौँ स्थानमा अर्जुन कुलुङ र तीर्थ त...