सिटिजन्स लाइफ बन्यो डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी

काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन डिजिटल सिटिजन अभियानअन्तर्गत डिजिटल बीमालेख सेवा सञ्चालनमा ल्याएको छ । अनिवार्य रूपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बीमा समितिले बीमकले डिजिटल बीमालेख जारी गर्ने बाटो खुला गरिदिएपछि अभौतिक बीमालेख सञ्चालन गर्ने सिटिजन लाइफ इन्स्योरेन्स पहिलो कम्पनी बनेको हो । यो सेवपछि कम्पनी र ग्राहक दुवैका लागि सहज वातावरण सिर्जना हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । कम्पनीको डिजिटल सिटिजन अभियानअन्तर्गत अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली  २ वर्षदेखि सञ्चालनमा छ । अनलाइनबाटै सजिलै दाबी प्रक्रिया अगाडि बढाउन सकिन्छ । कम्पनीले विभिन्न तालिम डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको छ । ग्राहक तथा अभिकर्तालाई कार्यालय आउनुपर्ने अवस्था कम गरी समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरीय बनाउँदै जाने क्रममा डिजिटल सिटिजन अभियानअन्तर्गत आगामी दिनमा पनि आधुनिक तथा नवीनतम डिजिटल सेवा प्रचलनमा ल्याउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए । कम्पनीले ग्राहक सुविधालाई लक्षित गरी घरमै बसेर बीमाशुल्क तिर्न ई–सेवा, फोनपे, कनेक्ट आपीएसलगायत डिजिटल बैंकिङ सुविधा प्रयोगमा ल्याएको छ ।

सम्बन्धित सामग्री

खेलकुद बीमालेख सम्बन्धी नीति कार्यान्वयन

७ पुस, काठमाडौं । नेपालमा पहिलो पटक खेलकुद बीमासम्बन्धी नीति औपचारिक रुपमै कार्यान्वयनमा आएको छ । नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेसँगै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार आयोजित पत्रकार सम्मेलन खेलकुदमा नयाँ अध्याय सुरु भएको बताएका छन् । ‘ नेपाली खेलकुद क्षेत्रका लागि […]

नेपालमा पहिलो पटक खेलकुद बीमालेख जारी

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा खेलकुद बीमालेख जारी भएको छ। नेपाली खेलकुदको संस्थागत विकास सुरु भएको करिब आठ दशक पुग्न लाग्दा पहिलो पटक खेलकुद बीमालेख जारी भएको हो। विश्वभर धेरै राष्ट्रमा खेलाडीहरूको मनोबल बढाउने मद्दत गर्ने खेलकुद बीमालेख भए पनि नेपालमा भने यसको सुरुवात हुन सकेको थिएन। त्यसकारण कयौँ खेलाडी घाइते भएपछि […]

साउनमा लघुबीमा कम्पनीद्वारा साढे २६ करोडभन्दा बढी बीमांकको बीमालेख जारी

काठमाडौं । साउनमा चार लघुबीमा कम्पनीले साढे २६ करोड रुपैयाँभन्दा बढी बीमांकको बीमालेख जारी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ती कम्पनीले साउनमा रू.२६ करोड ५० लाख बीमांक बराबरको बीमालेख जारी गरेका हुन् । असारमा भने यी कम्पनीले रू. ७ करोडभन्दा बढी बीमांकको बीमालेख जारी गरेका थिए ।  प्राधिकरणले गत मंसिर ११ मा तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा गरी सातओटा लघुबीमा कम्पनीलाई लाइसेन्स बाँडेको थियो । तीमध्ये चारओटाले कारोबार शुरू गरिसकेका छन् । लघुबीमा कम्पनीहरूले दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत र न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न बीमा गर्छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार दुई लघुजीवन बीमा कम्पनीले रू. १७ करोड ९४ लाख बीमांक बराबरको ४७४ ओटा बीमालेख जारी गरेका छन् । साउनमा गार्डियन माइक्रो लाइफले ३५५ ओटा बीमालेख जारी गरेर रू. ५ लाख ६८ हजार प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै क्रेट माइक्रो लाइफ इन्स्योरेन्सले ११९ ओटा बीमालेख जारी गरेर रू. १ लाख ४५ हजार बीमा शुल्क आर्जन गरेको छ ।  लघु जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेख संख्या, कम्पनीहरूको कुल बीमा शुल्क र बीमांक रकम   स्रोत : बीमा प्राधिकरण ।  त्यस्तै निर्जीवन बीमातर्फ साउनमा दुई बीमा कम्पनीले रू. ८ करोड ५५ लाख बीमांक बराबरको २५ओटा बीमालेख जारी गरेका छन् । साउनमा नेपाल माइक्रो इन्स्योरेन्सले रू. ३२ हजार र प्रोटेक्ट माइक्रो इन्स्योरेन्सले रू. ३२ हजार कुल बीमाशुल्क आर्जन गरेको छन् ।  लघु निर्जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेख संख्या, कम्पनीहरूको कुल बीमा शुल्क र बीमांक रकम  स्रोत : बीमा प्राधिकरण ।

लघुबीमा कम्पनी: एक महीनामा ७ करोडमाथि बीमांकको बीमालेख जारी

काठमाडौं ।  चार लघुबीमा कम्पनीले १ महीनामा ७ करोड रुपैयाँभन्दा बढी बीमांकको बीमालेख जारी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ती कम्पनीले असारमा ७ करोड ११ लाख रुपैयाँ बीमांक बराबरको बीमालेख जारी गरेका हुन् ।  प्राधिकरणले गत मङ्सिर ११ मा तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा गरी सातओटा लघुबीमा कम्पनीलाई लाइसेन्स बाँडेको थियो । तीमध्ये चारओटाले कारोबार शुरू गरिसकेका छन् । लघुबीमा कम्पनीहरूले दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत र न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न बीमा गर्छन् । प्राधिकरणका अनुसार असारमा दुई लघु जीवन बीमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ बीमांक बराबरको २१९ ओटा बीमालेख जारी गरेका छन् । असारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले १२७ ओटा बीमालेख जारी गरेर १ लाख ४१ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले भने ९२ ओटा बीमालेख जारी गरेर ६४ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।  लघु निर्जीवन बीमातर्फ असारमा दुई बीमा कम्पनीले ८० लाख रुपैयाँ बीमांक बराबरको तीनओटा बीमालेख जारी गरेका छन् । असारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १० हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।  नेपालमा लघुबीमा नयाँ अवधारणा भएको तत्कालीन बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) का अध्यक्ष चिरञ्जीवी नेपाल बताउँछन् । नेपालका अनुसार बीमा प्राधिकरणले अन्तरराष्ट्रिय अभ्यास अनुसार लघु बीमा कम्पनीको मर्म बुझेर काम छुट्ट्याउने हो भने नयाँ लघु बीमा कम्पनीले बीमाको दायरा थप विस्तार गर्न मद्दत गर्छ ।  ‘प्राधिकरणले अध्ययन गरी मापदण्ड बनाएर लघुबीमा कम्पनीले सञ्चालनमा रहेका जीवन र निर्जीवन कम्पनीको भन्दा फरक क्षेत्र छुट्ट्याउन आवश्यक छ । राष्ट्र बैंकले पनि लघुवित्त कम्पनीहरुले काम गर्ने क्षेत्र छुटाएको छ,’ उनी भन्छन्, ‘प्राधिकरणले पनि त्यसै गरी लघुबीमा कम्पनीले काम गर्न पाउने दायरा छुट्ट्याउने हो भने बीमाक्षेत्र विकास र विस्तारमा यी कम्पनीले थप मद्दत मिल्छ ।’  गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारी नेपालमा लघु बीमामा अथाह सम्भावना भएको बताउँछन् । ‘गार्डियन माइक्रोले सञ्चालनमा आएको ५–६ दिनमै १२७ ओटा बीमालेख जारी गरेको छ । सञ्चालनमा आएको केही उक्त संख्यामा बीमालेख जारी हुनु भनेको यस क्षेत्रमा अथाह सम्भावना छ भन्ने बुझिन्छ,’ उनले भने ।  लघुबीमा कम्पनीहरूको मुख्य लक्षित समूह निम्न आय भएको वर्ग भएकाले लघुबीमाबारे सचेतना आवश्यक भएको उनी बताउँछन् । सीईओ भण्डारीका अनुसार गार्डियन माइक्रोले सबै प्रोसेस मोबाइल एपबाटै हुने र जहाँबाट जुनसुकै समय बीमा गर्ने बनाएको छ । यस्तै बीमितलाई सेवामा सहजीकरण गर्न कम्पनीले सबै काम पेपरलेस बनाएको छ ।

बागमतीमा जनसंख्याभन्दा बढी बीमालेख

काठमाडौं, फागुन १६ । । अन्य प्रदेशमा बीमाको न्यून सहभागिता भएको अवस्थामा बागमती प्रदेशमा भने जनसंख्याभन्दा पनि बढी बीमालेख जारी भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार बागमती प्रदेशको जनसंख्या ६० लाख ८४ हजार ४२ छ । तर, बीमालेख भने त्यो भन्दा बढी अर्थात् ७३ लाख ४३ हजार ७८५ ओटा जारी भएको छ, […]

बागमतीमा जनसंख्याभन्दा बढी बीमालेख

काठमाडौं । अन्य प्रदेशमा बीमाको न्यून सहभागिता भएको अवस्थामा बागमती प्रदेशमा भने जनसंख्याभन्दा पनि बढी बीमालेख जारी भएको छ ।   राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार बागमती प्रदेशको जनसंख्या ६० लाख ८४ हजार ४२ छ । तर, बीमालेख भने त्यो भन्दा बढी अर्थात् ७३ लाख ४३ हजार ७८५ ओटा जारी भएको छ, जुन जनसंख्याको १२० दशमलव ७० प्रतिशत हो । समितिका अनुसार २०७८ माघ मसान्तसम्म बागमतीमा त्यो बराबरको बीमालेख जारी भएको छ । बीमा समितिले पहिलोपटक प्रदेशगत रूपमा बीमालेखको संख्या सार्वजनिक गरेको छ । अभिकर्ता र बीमा कम्पनीहरू राजधानीमा केन्द्रित छन्, यहाँ बसोवास गर्ने केही व्यक्तिहरूले २ पटकभन्दा बढी बीमालेख खरीद गरेका छन् । फलस्वरूप जनसंख्याभन्दा बढी बीमालेख देखिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । अब कम्पनीहरूलाई अन्य प्रदेशमा बीमा गराउन प्रोत्साहन गरिने उनको भनाइ छ । यस विषयमा बीमा कम्पनीहरूको पनि ध्यान जानुपर्ने उनको भनाइ छ । ‘अन्य प्रदेशमा बीमा सेवाको न्यून पहुँच छ । तर, बागमतीमा भने जनसंख्याभन्दा पनि बढी बीमालेख जारी भएको देखियो,’ उनले भने, ‘बीमा सेवामा देखिएको प्रदेशगत असन्तुलनमा हाम्रो ध्यान गएको छ । अब कम्पनीहरूले पनि ध्यान दिनुपर्‍यो । यस सम्बन्धमा समितिले थप कदम पनि उठाउने छ ।’ बागमतीबाहेकका प्रदेशको तुलनामा कर्णालीमा भने बीमाको पहुँच राम्रो देखिएको छ । त्यहाँ जनसंख्याको २६ प्रतिशतको अनुपातमा बीमालेख जारी भएको छ । १६ लाख ९४ हजार ८८९ जनसंख्या रहेको कर्णालीमा ४ लाख ४२ हजार ६५४ ओटा बीमालेख जारी भएको छ । कर्णाली प्रदेशमा बीमाको सबैभन्दा कम व्यवसाय छ । तर, त्यहाँ बीमाको पहुँच भने बढी देखिएको छ । यता मधेश प्रदेशमा भने सबैभन्दा कम बीमा पहुँच देखिएको छ । यहाँ जनसंख्याको ९ प्रतिशतको अनुपातमा मात्र बीमा भएको छ । ६१ लाख २६ हजार २८८ जनसंख्या रहेको मधेशमा ५ लाख ६३ हजार १८ ओटा बीमालेख जारी भएको छ । तथ्यांकअनुसार माघ मसान्तसम्म नेपालभर १ करोड १० लाख ८६ हजारओटा बीमालेख जारी भएको छ । त्यसमा प्रदेश १ मा ९ लाख ६२ हजार, मधेश प्रदेशमा ५ लाख ६३ हजार, बागमतीमा ७३ लाख ४३ हजार, गण्डकीमा ४ लाख ५९ हजार, लुम्बिनीमा ८ लाख ३६ हजारओटा बीमालेख जारी भएको छ । यसैगरी कर्णालीमा ४ लाख ४२ हजार ६५४ र सुदूरपश्चिममा ४ लाख ७८ हजारओटा बीमालेख जारी भएको छ ।

दुर्घटना बीमाबारे नयाँ निर्देशिका जारी

काठमाडौँ– बीमा समितिले निर्जीवन बीमा व्यवसाय अन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी तथा त्यसका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ । यस निर्देशिका बमोजिम जारी गरिने बीमालेख व्यक्तिगत दुर्घटना बीमालेख र सामूहिक दुर्घटना बीमालेख गरी दुई प्रकारका हुनेछन् । दुर्घटना बीमालेख एकवर्ष वा सोभन्दा कम अवधिका […]

कफी खेती बीमालेख जारी, यस्ता छन् विशेषता

बीमा समितिले कफी खेतीमा हुने क्षतिविरुद्ध बीमा गर्नका लागि उत्पादनमा आधारित कफी खेती बीमालेख जारी गरेको छ । कफी खेती बीमाले अग्नीजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङ्जन्य क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा कीराजन्य कारणले हुने क्षतिको रक्षावरण गर्दछ ।कफी खेती बीमालेख जारी गर्दा बीमालेख जारी भएको समय (घण्टा र मिनेट सहित) तथा जोखिम प्रारम्भ हुने मिति उल्लेख गर्नुपर्ने र बीमालेखमा उल्लेख भएका सम्पूर्ण शर्तहरु बीमितले पालना गर्नुपर्ने प्रावधान रहेको छ । यस बीमालेख अन्तर्गत कफीको उत्पादन (चेरी) वा बोट वा दुबैको बीमा गर्न सकिने र यस बीमालेख अनुसार जारी कफी खेतीको बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशतका दरले लाग्ने व्यवस्था गरिएको छ । यसैगरी, सामूहिकरुपमा वा साझेदारीमा गरिएको कफी खेतीको बीमाका हकमा बीमालेखमा आवद्ध प्रत्येक व्यक्तिको छुट्टा छुट्टै दुर्घटना बीमा गरेको हुनुपर्ने र यस्तो बीमालेख जारी भइसकेपछि बीमाङ्क रकम परिवर्तन गर्न नपाइने प्रावधान रहेको छ ।बीमितले बीमाशुल्क वापत भुक्तानी गरेको रकम बीमकको बैङ्क खातामा प्राप्त नभएसम्म बीमकले बीमालेख जारी गर्न नपाउने तर अनुदानमा प्राप्त हुने बीमालेखको हकमा भने अनुदानबाट प्राप्त हुने रकम कट्टा गरी बाँकी रकम बीमकको बैङ्क खातामा जम्मा गरेपछि बीमालेख जारी गर्न पाउने व्यवस्था रहेको छ ।

जारी भएको भोलिपल्टै किन भयो निर्देशिका संशोधन

बीमा समितिले जीवन बीमालेखसम्बन्धी जारी गरेको निर्देशिका २४ घण्टाभित्रै संशोधन गरेको छ । समितिले गत बुधवार जीवन बीमालेखसम्बन्धी पहिलोपटक निर्देशिका जारी गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् बिहीवार नै समितिले उक्त निर्देशिका संशोधन गरेको हो । निर्देशिका संशोधन गर्दै समितिले बीमालेख रद्द तथा फिर्ता गर्न पाउने व्यवस्था खारेज गरेको छ । निर्देशिकाको दफा–२१ मा बीमालेख जारी भएको ३० दिनभित्र फिर्ता अर्थात् रद्द गर्न पाउनुपर्ने व्यवस्था गरिएको थियो । बीमा गर्ने व्यक्ति (बीमित) ले कम्पनीमा लिखित अनुरोध गरेमा बीमाशुल्कबापतको स...

जीवन बीमालेखसम्बन्धी निर्देशिका जारी

काठमाडौं, असार २४ । बीमा समितिले पहिलोपटक जीवन बीमालेख (जीवन बीमा पोलिसी) सम्बन्धी निर्देशिका जारी गरेको छ । जीवन बीमालेख सम्बन्धमा यसअघि गरेका व्यवस्थालाई एकीकृत गर्दै समितिले पहिलोपटक यस्तो निर्देशिका जारी गरेको हो । समितिले बुधवार जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ जारी गरेको हो । त्यो बुधवारदेखि नै लागू भएको समितिको भनाइ छ । निर्देशिकाले जीवन […]