साउनमा लघुबीमा कम्पनीद्वारा साढे २६ करोडभन्दा बढी बीमांकको बीमालेख जारी

काठमाडौं । साउनमा चार लघुबीमा कम्पनीले साढे २६ करोड रुपैयाँभन्दा बढी बीमांकको बीमालेख जारी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ती कम्पनीले साउनमा रू.२६ करोड ५० लाख बीमांक बराबरको बीमालेख जारी गरेका हुन् । असारमा भने यी कम्पनीले रू. ७ करोडभन्दा बढी बीमांकको बीमालेख जारी गरेका थिए ।  प्राधिकरणले गत मंसिर ११ मा तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा गरी सातओटा लघुबीमा कम्पनीलाई लाइसेन्स बाँडेको थियो । तीमध्ये चारओटाले कारोबार शुरू गरिसकेका छन् । लघुबीमा कम्पनीहरूले दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत र न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न बीमा गर्छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार दुई लघुजीवन बीमा कम्पनीले रू. १७ करोड ९४ लाख बीमांक बराबरको ४७४ ओटा बीमालेख जारी गरेका छन् । साउनमा गार्डियन माइक्रो लाइफले ३५५ ओटा बीमालेख जारी गरेर रू. ५ लाख ६८ हजार प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै क्रेट माइक्रो लाइफ इन्स्योरेन्सले ११९ ओटा बीमालेख जारी गरेर रू. १ लाख ४५ हजार बीमा शुल्क आर्जन गरेको छ ।  लघु जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेख संख्या, कम्पनीहरूको कुल बीमा शुल्क र बीमांक रकम   स्रोत : बीमा प्राधिकरण ।  त्यस्तै निर्जीवन बीमातर्फ साउनमा दुई बीमा कम्पनीले रू. ८ करोड ५५ लाख बीमांक बराबरको २५ओटा बीमालेख जारी गरेका छन् । साउनमा नेपाल माइक्रो इन्स्योरेन्सले रू. ३२ हजार र प्रोटेक्ट माइक्रो इन्स्योरेन्सले रू. ३२ हजार कुल बीमाशुल्क आर्जन गरेको छन् ।  लघु निर्जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेख संख्या, कम्पनीहरूको कुल बीमा शुल्क र बीमांक रकम  स्रोत : बीमा प्राधिकरण ।