काठमाडौं, भदौ २८। ललितपुर महानगरपालिकाले विभिन्न कम्पनीको विज्ञापन राखेका ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर करको दायरामा ल्याउने प्रयास थालेको छ। आइतरबार विभिन्न कम्पनीको विज्ञापन राखेर कर नतिर्ने चारवटा ट्याक्सीलाई ललितपुर महानगरले नियन्त्रणमा लिइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए। सवारीसाधनमा व्यापारिक प्रायोजनका स्टिकर टाँस्नुअघि महानगरमा तोकिएको कर तिर्नुपर्ने हुन्छ। तर, महानगरमा कर नतिरी स्टिकर टाँसिएको […]