काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा कारागार विधेयक पारित गर्ने तयारी छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेे कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसअघि गृहमन्त्री खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक २०७६ माथि छलफलको प्रस्ताव राख्नेछन्। विधेयकमा कारागारमा रहेका वैध दम्पत्तिको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि भेटघाटको अनुमति दि