पोखरा महानगरले अटोमोबाइलसम्बन्धी व्यवसायलाई एक ठाउँमा व्यवस्थित गर्ने योजना ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । अटोभिलेज बनाउने योजना महानगरले वैशाख अघि नै ल्याएको थियो । महानगरका पूर्वमेयर मानबहादुर जिसीको कार्यकालको अन्तिम महिनामा अटोभिलेजको योजनाको काम केही अघि बढेको थियो ।