साबिक विजेता मछिन्द्र फुटबल क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दै गर्दा सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछन् । दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।दिउँसो एक बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल जिते मछिन्द्र लगातार दोस्रो पटक लिग च्याम्पियन बन्नेछ । हार या बराबरले भने लिग जित्न मछिन्द्रले अर्को खेल कुर्नुपर्नेछ । शीर्ष स्थानको म