धनकुटाका सबै स्थानीय तहमा एमाले विजयी (हेर्नुस् नामावली)
धनकुटा, १८ असार । जिल्लाका सबै स्थानीय तहमा नेकपा (एमाले) विजयी भएका छन् । धनकुटामा तीन नगर र चार गाउँपालिकाका गरी कुल सात स्थानीय तह रहेका छन् । तीमध्ये धनकुटा नगरपालिकाको ...
सप्तरी । डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका नारायण यादवले पाँच हजार ३९६ मत ल्याए । उपप्रमुखमा एमालेकै मीराकुमारी यादवले छ हजार १९७ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । निकटतम प्रतिद्वन्द्वीमा जसपाकी इन्दुदेवी यादवले पाँच हजार २०९ मत ल्याए । इन्दुदेवी यादव निवर्तमान उपप्रमुख हुन् ।
वडाध्यक्षमा एमाले र कांग्रेसले चार/चार, जसपा र लोसपाले एक/एक वडा अध्यक्षमा विजय हासिल गरेका छन् । एमालेबाट वडा नम्बर ५ मा रमेशकुमार चौधरी, ८ मा सीताराम पण्डित कुम्हार, ९ मा कर्णदेव चौधरी र १० मा कुञ्जिलाल चौधरी वडाध्यक्षमा निर्वाचित भएका छन् । कांग्रेसबाट वडा नम्बर १ मा प्रितमलाल चौधरी, २ मा रहमान मियाँ, ३ मा भागेश्वर यादव र ४ मा हरिप्रसाद राय वडाअध्यक्षमा विजयी भएका छन् । वडा नम्बर ६ मा जसपाका कुशेश्वरप्रसाद यादव र ७ मा लोसपाका शत्रुघ्न मण्डल वडाध्यक्षमा निर्वाचित भएका छन् ।
योसँगै सप्तरीमा एमालेको निर्वाचित स्थानीय तह तीन पुगेको छ । कांग्रेस सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ । जसपाले तीन र लोसपा तथा जनमत पार्टीले दुई/दुई स्थानीय तह र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक/एक स्थानीय तहमा विजय हासिल गरेको छ । रासस
हेटौंडा : मकवानपुरको १० स्थानीय तह मध्ये ८ वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। सार्वजनिक भएको नतिजा अनुसार ६ वटा स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले जित हासिल गरेको छ भने दुई स्थानीय तहमा एमाले विजयी भएको छ।
जिल्लाको इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका…
धनकुटा : वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेकाे छ। अहिलेसम्म धनकुटाका ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ भने एउटा स्थानीय तहको मत गणना भइरहेको छ।धनकुटाको धनकुटा, महालक्ष्मी र पाख्रिबास नगरपालिका तथा चौबिसे, साँगुरीगढी र छथर जोरपाटी गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ।धनकुटाको सहिदभूमि गाउँपालिकामा मतगणना कार्य जारी रहेको छ। धनकुटाको मत गणना सम्पन्न भएका स्थानीय तहमा एमालेले २ र गठबन्धनले ४ वटा स्थानीय तह प्रमुख जितेको छ।धनकुटा नगरपालिकामा नेकपा एम
कर्णालीमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोज्ने जनप्रतिनिधिहरुको संख्या बढेको छ । कर्णालीका सात जिल्लाका ७९ वटा स्थानीय तह रहेको कर्णालीमा ०७४ को निर्वाचनमा २९ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो ।जसमध्ये ६० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि एमाले छोडेर समाजवादी रोजेको सो पार्टीका नेताहरुको दावी छ । दल रोज्ने अन्तिम दिन मंगलबारसम्म कर्णालीका सात जिल्लाको मोटो तथ्याङ्क आएको छ ।नेताहरुकाअनुसार नेकपा एमाले छाडेर एकीकृत समाजवादी दल रोज्नेहरूको संख्या २८९ जन
प्रदेश नम्बर सातमा सबैभन्दा बढी स्थानीय तह भएको कैलालीका तीनवटा गाउँपालिकाको नतिजा सार्वजनिक भइसकेको छ। कैलालीका १३ स्थानीय तहमा १० ओटा स्थानीय तहको नतिजा आउन बाँकी छ। दुई वटा गाउँपालिकामा एमाले विजयी भइसकेको छ भने कांग्रेस एउटा गाउँपालिकामा विजयी भएको छ। मोहन्याल गाउँपालिका र चुरे गाउपालिकामा एमालेले जितेको छ। जोशीपुर गाउँपालिकामा कांग्रेसले विजयी खाता खोलेको…