कर्णालीमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोज्ने जनप्रतिनिधिहरुको संख्या बढेको छ । कर्णालीका सात जिल्लाका ७९ वटा स्थानीय तह रहेको कर्णालीमा ०७४ को निर्वाचनमा २९ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो ।जसमध्ये ६० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि एमाले छोडेर समाजवादी रोजेको सो पार्टीका नेताहरुको दावी छ । दल रोज्ने अन्तिम दिन मंगलबारसम्म कर्णालीका सात जिल्लाको मोटो तथ्याङ्क आएको छ ।नेताहरुकाअनुसार नेकपा एमाले छाडेर एकीकृत समाजवादी दल रोज्नेहरूको संख्या २८९ जन