रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको छ । फतुवा विजयपुर २ सितलपुरमा काँग्रेसका वडाध्यक्ष उम्मेदवार भविखन यादवले नक्कली मतदाता खडा गरेर मतदान गर्न ल्याएको भन्दै झडप भएको थियो ।अवस्था साम्य पार्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । केही समय रोकिएको मतदान फेरि सुरु भएको एसपी घिमिरेले जानकारी दिएका छन् । त्यसैगरी गढीमाई नगरपालिका २ र ३ मा झडप भइरहेको कारण त्यहाँ तत्काल म