काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिले अधिकांश पार्टीमा कहिले पुराना नेताहरुको जीवन अन्त्य हुन्छ र पार्टीले टिकट देला भन्ने मनसायले प्रार्थना गरेर बस्नुपर्ने स्थिति देखापरेको बताएका छन्।अबको निर्वाचनमा मन्त्री र सांसदका लागि मात्रै उम्मेदवारी दिने नभइ के गर्ने हो भन्ने योजनासहित जनतामाझ जानुपर्ने र नागरिकले पनि विकास गर्नसक्ने नेतालाई जिताउनुपर्ने आवश्यक रहेको उनले बताए।मंगलवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक