बायोमेट्रिक हाजिरी नमिलेमा श्रमिकलाई विमानस्थल श्रम कक्षबाटै फर्काइने

काठमाण्डौ –  आउँदो वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई श्रम कक्षबाट फर्काइने भएको छ ।वैदेशिक रोजगारीमा जाने श्रमिकले जानु पूर्व तोकिए अनुसारको अभिमुखीकरण तालिम र बायो नलिई प्रमाणपत्र मात्र लिने गरेको र नक्कली बायोमेट्रिक लिई जाने गरेको पाइएको भन्दै वैदेशिक रोजगार विभागले अब यसो गरेमा र श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा फर्काइने जनाएको हो ।  वैदेशिक रोजगार ऐन र नियमावलीले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा...

सम्बन्धित सामग्री

मिलेन बायोमेट्रिक हाजिरी

अभिमुुखीकरण तालिमका लागि मान्यता पाएका केही संस्थाले बिनातालिम सेटिङमा श्रमिक विदेश पठाउने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेको बायोमेट्रिक हाजिरी परीक्षण गर्दा यस्तो पाइएको हो । विभागले गएको आइतबार वा १२ गतेदेखि विमानस्थलमा छुुट्टै डेक्स खडा गरी वैदेशिक रोजगारीमा जानेको बायोमेट्रिक हाजिरी परीक्षण अनिवार्य गरेको जनाएको छ । विभागका निर्देशक महेन्द्रप्रसाद भट्टराईले वैदेशिक रोजगारमा जाने श्रमिकलाई अभिमुखीकरण तालिमको क्रममा सेटिङ गरेर तालिम नै नदिई वैदेशिक रोजगारमा पठाउने गरेको पाइएपछि विभागले विमानस्थलमै बायोमेट्रिक हाजिरी अनिवार्य गरेको जानकारी दिनुुभयो ।