अभिमुुखीकरण तालिमका लागि मान्यता पाएका केही संस्थाले बिनातालिम सेटिङमा श्रमिक विदेश पठाउने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेको बायोमेट्रिक हाजिरी परीक्षण गर्दा यस्तो पाइएको हो ।
विभागले गएको आइतबार वा १२ गतेदेखि विमानस्थलमा छुुट्टै डेक्स खडा गरी वैदेशिक रोजगारीमा जानेको बायोमेट्रिक हाजिरी परीक्षण अनिवार्य गरेको जनाएको छ । विभागका निर्देशक महेन्द्रप्रसाद भट्टराईले वैदेशिक रोजगारमा जाने श्रमिकलाई अभिमुखीकरण तालिमको क्रममा सेटिङ गरेर तालिम नै नदिई वैदेशिक रोजगारमा पठाउने गरेको पाइएपछि विभागले विमानस्थलमै बायोमेट्रिक हाजिरी अनिवार्य गरेको जानकारी दिनुुभयो ।