काठमाडौं : मोरङको बुढीगंगा गाउँपालिकामा एम्बुलेन्स र मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। तीव्र गतिमा रहेको को १ च ४४१४ नम्बरको खाली एम्बुलेन्सले साइकललाई ठक्कर दिँदा साइकलमा सवार बूढीगंगा ४ का ६९ वर्षीय मंगल रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका रामको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो। एम्बुलेन्स चालक फरार रहेको डिएसपी श्रेष्ठले बताए। त्यस्तै गएराति नै मोटरसाइकलको ठक्करबाट ब