सर्वाङ्गीण विकास अध्ययन केन्द्रले सुरु गर्यो आईआईडीएस फेलोसिप कार्यक्रम

सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आई. आई. डी. एस.) ले औपचारिक रूपमा 'आई. आई. डी. एस. फेलोसिप कार्यक्रम' सुरुवात गरी ४३ औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रमको अवसरमा आई. आई. डी. एस., त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बीच आपसी सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सन् २०१६ मा सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर्स इन् पब्लिक पलिसी) कार्यक्रम सुरु गर्न आई. आई. डी. एस. र काठमाडौं विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो। फेलोसिप कार्यक्रमको मुख्य उद्देश्य शिक्षित युवाहरूको क्षमता अभिवृद्धि गर्ने र उनीहरूलाई एक वर्षसम्म नेपालका स्थानीय सरकारहरूसँग संलग्न भई सार्वजनिक प्रशासन र सेवा प्रवाह, नेतृत्व, नीति निर्माण र अनुसन्धान कार्यमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गर्नु भएको बताईएको छ। यी विश्वविद्यालयहरूबाट भर्खरै मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका कार्यक्रममा स्नातकोत्तर पूरा गरेका एक सय युवाहरूलाई प्रत्येक वर्ष यो अवसर प्रदान गरिने आई. आई. डी. एसले जनाएको छ। पहिलो चरणको कार्यक्रम,सन् २०२२ मा हुने स्थानीय निर्वाचन पछि सुरु गरी पाँच वर्षको अवधिमा कार्यान्वयनमा ल्याईने बताईएको छ । पहिलो चरण अन्तर्गतको यो कार्यक्रम सफल र उपयोगी भए दोश्रो चरणमा सरकारले यो कार्यक्रमलाई संथागत गर्ने बिश्वास आई. आई. डी. एसले लिएको छ |सोही अवसरमा आई. आई. डी. एस.  र सांग्रिला डेभलपमेन्ट बैंक तथा आई. आई. डी. एस. र प्रभु क्यापिटल लिमिटेड बीच सो कार्यक्रमको लागि आर्थिक श्रोत जुटाउने सम्बन्धि छुट्टा छुट्टै समझौता पत्रमा हस्ताक्षर भएको छ । आई. आई. डी. एस. ले यस कार्यक्रमका लागि नेपाल धितो पत्र बोर्डमा सुचिकृत विभिन्न पब्लिक लिमिटेड कम्पनि र व्यावसायिक रूपमा सञ्चालित प्रतिष्ठित औधोगिक तथा व्यवसायिक समूहले व्यवस्थापन गर्ने सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक सहयोग जुटाउने लक्ष्य राखेको छ।मण्डिखाटार, काठमाडौँमा अवस्थित आई. आई. डी. एस. एक स्वतन्त्र, गैर-सरकारी र गैर-नाफामुलक सोध मुलक (थिङ्क ट्याङ्क) संस्था हो। विगत ४३ वर्ष देखि आई. आई. डी. एस. ले दिगो विकासका निमित्त आवश्यक पर्ने नीति निर्माणको लागि प्रमाण तथा तथ्यमा आधारित अध्ययन, अनुसन्धान तथा सोध गर्दै आएको छ । 

सम्बन्धित सामग्री

पूर्वाधार विकास बैंकको औचित्यबारे अध्ययन गर्नुपर्छ : मुख्यसचिव अर्याल

नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को औचित्य र प्रभावकारिताबारे अध्ययन गर्नुपर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले यस्तो बताउनुभएको हो । उहाँले निफ्रामाथि प्रश्न उठाउँदै निफ्राको प्रगतिका विषयमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नियमित रहेका वाणिज्य बैंकहरुले मात्रै पूर्वाधार क्षेत्रमा लगानी […]

सुकुम्बासी व्यवस्थापनको अध्ययन गर्न सहरी विकास मन्त्रालयद्वारा समिति गठन

काठमाडौँ- सरकारले नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ । सहरी विकास मन्त्रालयले आइतबार नदी किनारामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न वागमती सभ्यता […]

मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता

काठमाडौं- युरिया मल उत्पादनको सम्भाव्यता अध्ययन गर्न बागमती प्रदेश सरकार र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता भएको छ । प्रदेशको पशुपन्क्षी विकास मन्त्रालय र विश्वविद्यालयबीच आज अध्ययन सम्झौता भएको हो । पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईं र विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले युरिया मल उत्पादनसम्बन्धी सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको […]

कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । “ जलविहारको व्यवस्था गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सम्भाव्यता अध्ययन गरेका हौँ, अध्ययन सफल भएको र यहाँ जलविहार यात्रा गर्न सकिने निष्कर्ष निकालिएको छ”, उनले भने,

कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । “ जलविहारको व्यवस्था गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सम्भाव्यता अध्ययन गरेका हौँ, अध्ययन सफल भएको र यहाँ जलविहार यात्रा गर्न सकिने निष्कर्ष निकालिएको छ”, उनले भने,

धनुषाधाममा वनस्पति अध्ययन केन्द्र र  प्राणी उद्यान विकास गरिने

जनकपुरधाम : धनुषाधाममा वनस्पतिसम्बन्धी अध्ययन केन्द्र र  प्राणी उद्यान विकास गरिने  वन तथा वातावरणमन्त्री रामसहाय यादवले बताएका छन् ।शुक्रबार धनुषाधामस्थित वनस्पति अनुसन्धान केन्द्रको वनस्पति उद्यानको अनुगमन तथा निरीक्षण गर्दै सो कुरा बताए। मन्त्री यादवले सञ्चारकर्मीसँग कुरा गर्दै धनुषाधाममा प्राणी उद्यान (चिडियाखाना) निर्माण समेत गरिने जानकारी गराए।वनस्पति अध्ययन केन्द्र संघीय सरकारको मातहत रहे पनि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर त्यसलाई नेपालकै नमुना केन्द्रको रूपमा विकास गर्

सुदूरपश्चिममा सौर्य ऊर्जा अध्ययन अनुमति

सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट  सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता  अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री  शेरबहादुर देउवाको अध्यक्षतामा  मङ्गलबार बसेको लगानी बोर्डको ४९ औँ बैठकले डोटी र डडेल्धुरा जिल्लामा विकास   गर्ने गरी अध्ययन गर्न स्वीकृति प्रदान गरेको छ ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका अनुसार डोटी जिल्लाको दिपायल सिलगढी नगर पालिका र   डडेल्धुरा जिल्लाको अमरगढी नगर पालिकामा सौर्य ऊर्जाको विकासका लागि अध्ययन  गर्न अनुमति दि

फास्ट ट्र्याकमाथि लेखापछि विकास समितिले पनि अध्ययन गर्दै

९ चैत, काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको सुरुङमार्ग र पुल निर्माणका लागि भएको ठेक्कामा अनियमितता भएकोबारे प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले चासो दिएको छ । संसदको लेखा समितिले अनियमितताबारे अध्ययन गरिरहँदा विकास समिति पनि यो विषयमा अध्ययन गर्न अघि सरेको छ । सोमबार रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकारीसँग छलफल गरेपछि विकास तथा […]