खरायोको टोपी : जुम्ली किसानको पहिचान

जुम्लाको  चन्दननाथ नगरपालिका वडा नम्बर ८ को रोकायाबाडा गाउँ खरायो पालनका लागि प्रख्यात मानिन्छ । यहाँका किसानले खरायोको ऊनबाट टोपी बुन्छन् । उक्त टोपी रोकायाबाडाको पहिचान बनेको छ । धेरैले त यसलाई खरायोको गाउँका रुपमा चिन्छन् । हरेक घरमा खरायो पालिएको छ । खरायोको उनबाट टोपी बुन्ने काम पनि भइरहन्छ । ३७ वर्षीय विष्णु रोकायाले खरायो पाल्न थालेको २७ वर्ष बित्यो । उनले अहिले ६० वटा खरायो पालेका छन् । बजार लगेर ३ हजार रुपैयाँमा बेच्छन् । विष्णु गाउँमै एक नमुना खरायो पालक किसान हुन् । विष

सम्बन्धित सामग्री

बजारमा काँचो स्याउ लैजाँदा जुम्ली स्याउको पहिचान गुम्ने खतरा

नपाक्दै जुम्ली स्याउ जिल्ला बाहिर निर्यात हुन थालेपछि जुम्ली स्याउको पहिचान गुम्ने खतरा बढेको छ । दिनदिनै मालवाहक ट्रकहरूमा स्याउ लैजान थालेपछि पहिचान नै गुम्ने खतरा बढेको हो । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ दोस्रो साताअघिदेखि नै स्याउ निर्यात नगर्न भनिरहे पनि किसानहरूले वर्षाका कारण बाढीपहिरो आउन सक्ने भएकाले स्याउ थन्किने र कुहिने डरेले धमाधम निर्यात गर्न थालेको बताएका छन् ।

पालिकाहरूको निर्णय: काँचो स्याउ संकलनमा रोक

जुम्लाको आर्थिक समृद्धिसँग पहिचानसँग जोडिएको जुम्ली अर्गानिक स्याउ नपाक्दै बजारमा गएको गुनासो आएको छ । कालिकोटको स्याउ लिएर जुम्लाको नाम बेचेको तर आफुहरूले स्याउ नटिपेको जुम्ली किसानले बताएपनि जुम्लाको चन्दनाथ, तातोपानी र तिलाका केहि किसानले भने रातारात काँचो स्याउ निर्यात गरेको पाइएको छ । जसका कारण जुम्ली स्याउको पहिचान संकटमा छ ।जुम्ली काँचो स्याउ सुर्खेत […]

जुम्ली स्याउ नपाक्दै बजार पुगेपछि संकलनमा कडाइ

खलङ्गा – जुम्लामा उत्पादन हुने जुम्ली अर्गानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन्। यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरेका छन्। काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अर्गानिक जिल्लाको पहिचान सङ्कटमा […]

जुम्ली स्याउ नपाक्दै बजारमा आएपछि संकलनमा कडाइ गर्दै स्थानीय तह

जुम्लामा उत्पादन हुने जुम्ली अर्ग्यानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखा परेपछि जिल्लाका स्थानीय तहले स्याउ संकलनमा कडाइ गरेका छन् । यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ संकलनमा रोक लगाउने निर्णय गरेका छन् ।काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अर्ग्यानिक जिल्लाको पहिचान सङ्कटमा पर्ने भएकाले ढिलोमा भदौ दोस्रो सातादेखि सङ्कलन गर्ने गरी तत्काल स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरिएको जिल्लाका

काँचो स्याउ बेच्दा जुम्ली पहिचान गुम्ने चिन्ता

जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको पाइएको छ । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमत्तोमा नपाक्दै जुम्लाको काँचो स्याउ नेपालका विभन्न बजारमा पुगेका छ ।१५ भदौ अघि स्याउ नटिप्न कृषि विज्ञदेखि यहाँका स्थानीय तहलेसमेत सूचित गराइसकेका छन् । तर पछि मूल्य नपाइने भन्दै जुम्ली किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका छन् ।सुर्खेतका […]

बजारमा छ्यापछ्याप्ती जुम्ली काँचो स्याउः पहिचान गुम्ने खतरा

जुम्ला, साउन १५ । जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ किसानसंग मिलेमतोमा गरी व्यापारीले विक्रीवितरण गर्न थालेका छन् । भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न कृषिविज्ञ एवं स्थानीय तहले समेत परिपत्र गरे पनि पछि मूल्य नपाइने जनाउँदै यहाँका किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका […]

उत्पादन वृद्धि गर्न मार्सीधानको बिमा

जुम्ली कालीमार्सी धानको उत्पादन पछिल्ला वर्षमा क्रमिक रुपमा घट्दै गएको छ । बाढी, पहिरो, असिना पानी पर्नु, खेतीयोग्य जमिन बाँझिदै जानु, युवा पलायन बढ्नुलगायतका कारणले मार्सीधान उत्पादन घट्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको र कर्णाली ब्राण्डसमेत बनेको मार्सीधानको उत्पादन घट्नुले जुम्ली पहिचान संकटमा पर्ने स्थिति छ ।आगामी आर्थिक वर्षका लागि ३ अर्ब […]

जुम्ली पहिचान ‘थाँडा र बाँडा’ संकटमा

पछिल्लो समय स्थानीय तहका छाना फेर्ने टुक्रे कार्यक्रमहरूले पनि जुम्लाका थाँडा र बाँडा लोप हुँदै गएका छन् । जुम्लाको रहनसहन, रीतिरिवाज, परम्परामा मात्र नभई यहाँका बस्ने घरदेखि घरका छतमा पनि आफ्नै मौलिकता थियो । सेतो–रातो कमेरोले पोतेका घर, विशुद्ध माटोले छाएका छत (थाँडा) भएका घर हुन्थे । लस्करै जोडिएर निर्माण गरिएका घर (बाँडा) ले जुम्लाको […]

लाम्रा संवादः जुम्ली पहिचान झल्काउने बौद्धिक बहस

जुम्ला -खस भाषा उत्पत्ति भएको जुम्ला । बाईसे चौबीसे राज्य मध्य शक्तिशाली राज्य जुम्ला । यहाँको रीतिरिवाज, सामाजिक चालचलन, रहन सहनमा आफ्नै मौलिकता छ । भने, पन्चेबाजा, हुड्ने नाच, ढाल नाँच, मागले झल्काउने जुम्ली मौलिक संस्कृतिको महत्व पनि विशेष छ । रोपाइँ चोपाइ, कुलो प्रथा, वडा बस्ने चलन, लगि प्रथालगायत थुप्रै रीतिरिवाज छन् ।सिंजा भेग, […]