चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पानी पर्ने बित्तिकै पहिरो जाने गर्छ। सडक विस्तारपछि करिब दुई वर्ष शान्त बनेको यो सडकमा पुनः पहिरो जाने समस्या दोहोरिएको छ। सडक विस्तार हुनुअघि पाएको दुःख बिर्सिन नपाउँदै यात्रुहरुले पुनः उही दुःख व्यहोर्नुपरेको छ।बिहिबार राति पनि यात्रुहरुले उही दुःख पाए। सडक खण्डको भरतपुर महानगरपालिका–२९ सेती दोभानमा लेदोसहितको ठूलो पहिरो गएर सडक पूर्ण रुपमा अवरुद्ध भएपछि यात्रुहरु रातभर जाममा फसे। १३ घण्टापछि शुक्रबार बिहान मात्रै सडक खुल्यो। यद्यपी पहिरोको ज