राई, लिम्बु, सुनुवार, याक्खालगायतका किराती समुदायको उधौली चाड सुरु भएको छ । काठमाडौंमा रहेका किरातीले आइतबार ललितपुरको सानो हात्तिवनस्थित किरात माङहिम (मन्दिर)मा सामूहिक पूजा गरेका छन् । मुन्धुमी पुजारी, किरात याख्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत संस्थाका प्रतिनिधिसहित पूजाआजा गर्ने परम्परा रहेको छ ।