एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् दोस्रो त्रैमाससम्ममा २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिकसोहीअवधिको तुलनामा १६.५७ प्रतिशतको वृद्धि हो ।यस्तै समीक्षा अवधिमा बैंकले कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पुर्याउन बैंक स