प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका छन् । मुख्यमन्त्री राईका स्वकीय सचिव सन्दीप राईका अनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव आइतबार दर्ता गरिएको हो ।मुख्यमन्त्री राईले मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । दुई दिनअघि नै विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण उनले स्वकीय सचिव राईमार्फत प्रस्ताव दर्ता गराएका हुन् ।मंगलबार दिउँसो १२ : ३० मा बस्ने प्रदेशसभा बैठकमा